Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

जगदम्बाको अन्र्तक्रिया कार्यक्रम मेलम्चीमा सम्पन्न

0 454

नवराज दुलाल

१७ फागुन, मेलम्ची (सिन्धुपालचाेक)। 
नेपालकै पुरानो सिमेन्ट उद्योग जगदम्बा सिमेन्टले सोमबार मेलम्चीमा निर्माण व्यवसायि तथा सरोकारवालाहरुसंग भेटघाट तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

निर्माण सामग्रीको मूल्य दिनप्रतिदिन  बढदै  गएको छ । अहिले विभिन्न निर्माण सामग्रीको मूल्यमा ५० प्रतिशतसम्मको वृद्धि भएको छ। सम्पूर्ण निर्माण सामग्रीको मूल्यवृद्धि भएसँगै निर्माण व्यवसायीहरु पनि समस्यामा परेका छन् ।

कोरोना भाइरसको कारण ठप्प भएको निर्माण क्षेत्रको काम अहिले पनि सुस्त नै छ । पछिल्लो समय आफ्नो लय समातेको निर्माण क्षेत्रमा सामग्रीको मूल्य बढेसँगै निर्माणको काम सुस्त भएको छ ।

Subscribe to our newsletter

मेलम्ची क्षेत्रमा जगदम्बाको आधिकारीक बिक्रेता श्रीदेवी ट्रेड एण्ड सप्लायर्सको आयोजना र जगदम्बा सिमेन्ट उद्योगका आधिकारीक व्यक्तिहरुको सहजीकरणमा सो कार्यक्रम सम्पन्न भएको हो ।

साे कार्यक्रममा जगदम्बा सिमेन्टका बरिष्ठ बिक्री प्रबन्धक नवराज भुर्तेल तथा बरिष्ठ ब्राण्ड मेनेजर जगन्नाथ दाहालले जगदम्बा सिमेन्ट को गुणस्तरीयता तथा प्रयोग पछिको फाइदाको बिषयमा चर्चा गर्नुभएको थियो भने कंम्पनीका इन्जिनीयर कुशल काफ्लेले सहभागि निर्माण व्यवसायिको जिज्ञासा तथा सिमेन्ट निर्माण प्रक्रियाको बारेमा प्रष्ट पार्नुभएको थियो ।

कार्यक्रममा मेलम्ची नगरपालिका भवन शाखाका प्रमुख इन्जिनीयर जित बहादुर कार्कीले निर्माण व्यवसायिहरुमा ओ.पि.सि. सिमेन्ट र पिपिसि सिमेन्ट प्रयोगमा गलत बुझाई रहेकोप्रति ध्यानाकर्षण गराउनु भएको थियो ।

सिमेन्ट प्रयोगमा ठाउँ अनुसार फरकपर्ने र जुनै सिमेन्ट प्रयोग भएपनि त्यसको सेट हुन लाग्ने समयमा निर्भर गर्ने र भारवहन क्षमतामा फरक नपर्ने बताउनुभयो । कार्यक्रममा जगदम्बा सिमेन्टले सहभागिहरुलाई प्रश्नोत्तरमा सहभागि गराउँदै बिभिन्न पुरस्कार समेत प्रदान गरेको हाे ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.