Advertisement

कोरोना अपडेट : आज थपिए ७३ कोरोनाका संक्रमित

0 297

Advertisement

१७ फागुन, काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा कोराेना भाइरसका ७३ जना नयाँ संक्रमित थपिएका छन् ।

आज कोरोनाबाट थप ६४ जनामा कोरोना संक्रमित निको भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे गरेकाे अद्यावधिकमा नेपालमा अहिलेसम्म दुई लाख ७४ हजार २१६ पुगेको जनाएको छ ।

हालसम्म दुई लाख ७० हजार ४७१ जना निकाे भएका छन् । नेपालमा अहिलेसम्ममा ९८ दशमलब ६ प्रतिशत निको भएको छन् । हाल ९६८ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले उल्लेख गरेको छ ।

हाल ९६८ जना आइसोलेशनमा र ६१ जना क्वारेन्टिनमा छन् । सो अवधिमा तीन जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म कोरोना सङ्क्रमणे मृत्यु हुनेको संख्या दुई हजार ७७७ पुगेको मन्त्रालयले उल्लेख गरेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.