Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

राप्तीमा २३ गते देखी ५५ वर्ष माथिका नागरिक लाई कोभिड १९ विरुद्धको खोप लगाईने

0 375

तिर्थराज ज्ञवाली

१७
फागुन, मसुरीया(देउखुरी दाङ) । राप्ती गाउँपालिकामा ५५ वर्ष माथिका नागरिकलाई कोभिड १९ विरुद्धको खोप लगाईने भएको छ ।

आगामि फागुन २३ गते देखी फागुन २ गते सम्म ५५ वर्ष माथिका नागरिक र सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षक शिक्षिकाहरुलाई खोप लगाउन थालिएको राप्ती गाउँपालिका स्वास्थ्य शाखा संयोजक नारायण रावतले जानकारी दिनु भएको छ ।

नेपालमा फागुन २३ गतेदेखि सुरु हुने दोस्रो चरणको कोभिड खोप अभियानमा ५५ वर्षमाथिका नागरिकलाई पनि संलग्न गराउने योजना सरकारले बनाए बमोजिम राप्ती गाउँपलिकाको तयारीका लागि बैठक समेत बसेको छ ।

Subscribe to our newsletter

बैठकले सम्पुर्ण ५५ वर्ष माथिका नागरिक नछुट्ने गरि समन्वय गर्न वडा अध्यक्षहरुको संयाृजकत्वमा वडा समन्वय समिति समेत गठन गरिएको छ ।

आवश्यक कोभिड खोप अहिले नियमित खोप कार्यक्रम सञ्चालन हुने गरेका खोप केन्द्र तथा गाउँको टोल पाएक पर्ने ठाउँमा पु¥याउने योजना अनुसार स्थान र मिति समेत तय गरिएको छ ।

राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिको अध्यक्षतामा भएको छलफलमा उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, निमित्त प्रमुख प्रशासकिय अधिकृत महेश अधिकारी, स्वास्थ्य स्वंय सेविका संयोजक, स्वास्थ्य ईकाई प्रमुख, ९ वटै वडा अध्यक्षहरु तथा शाखा प्रमुखहरुको सहभागीता रहेको थियो ।

भारतको सेरम इन्स्टिच्युटको कोभिसिल्ड खोप पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्षा कर्मि, कर्मचारी, पत्रकार, जनप्रतिनिधिलाई लमहि अस्पतालमा लगाईएको थियो भने अव खोप केन्द्रमै पुगेर ५५ वर्ष माथिका नागरिकलाई कोरोना विरुद्धको खोप लगाईदैछ ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.