Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

राइड सेयरिङ सेवा सुरु हुदै

0 734

१७ फागुन, काठमाडौं । टुटल सेवा जस्तै नेपामा राइडिङ कम्पनी राइडर सेवा सञ्चालनमा आउदै छ ।

राइडर सेवा प्रालिले मोटरसाइकल, ट्याक्सीलगायतमा राइड सेयरिङ गर्न सकिनेगरी ‘राइडर सेवा’ नामक सेवा सुरु गर्न लागेको छ । यो कम्पनीले छिट्टै बजारमा सेवा प्रदान गर्ने छ ।


राइडर सेवा एपले बस र हवाई जहाजको टिकट काट्ने सेवा पनि दिने कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) संगम राईले बताए । अहिले नै एप डाउनलोड गरेर तयारी अवस्थामा बस्ने सेवाग्राहीले निश्चित अवधिसम्म निःशुल्क सेवा लिन पाउने उनले प्रस्ट पारे ।

Subscribe to our newsletter

कम्पनीले तयार पारेको ‘राइडर सेवा’ चर्चित पठाओ, टुटल जस्तै कम्प्युटर एपमार्फत सेवाग्राही र सेवा प्रदायकलाई जोड्ने एप हो । आफ्नो बाइक वा ट्याक्सीमार्फत सेवा दिएर आम्दानी गर्न चाहने वा उक्त सेवा लिन चाहने व्यक्तिले राइडर सेवा नामको एप डाउनलोड गर्नुपर्छ ।

काठमाडौंबाट सुरु गर्ने सेवा विस्तारै प्रमुख सहर हुँदै देशव्यापी बनाउने कम्पनीको लक्ष्य छ ।

राइडरलाई स्वास्थ्योपचारमा सहुलियत र प्रयोगकर्तालाई बिमा सेवा पनि दिने उनले बताए । राइडरबाट कम्पनीले लिने शुल्क पनि अरुको तुलनामा कम राख्ने उनको भनाइ छ । ‘प्रयोगकर्ताको संख्या निश्चित सीमामा नपुग्दासम्म ग्राहकलाई निःशुल्क सेवा दिनेछौं,’ राईले भने ।

यो सेवा लिने–दिने दुवै पक्ष एपमा दर्ता हुनुपर्छ । अहिले नै एप डाउनलोड गरेर दर्ता गर्न सकिने सिइओ राइको भनाइ छ । ‘एकपटक दर्ता भएपछि चाहेको बेला सेवा लिन वा दिन सकिन्छ,’ उनी भन्छन्, ‘एपमा आफू जाने स्थान उल्लेख गर्नेबित्तिकै एपले लाग्ने भाडा देखाउँछ ।’

सेवा प्रदायक राइडरको हकमा कम्पनीले तोकेको कागजात एपमा राख्नुपर्ने र कम्पनीले सोको परीक्षण गरी सबै कुरा ठिक भए अनुमति दिने राईले बताए । उनका अनुसार सेवा दिन चाहने राइडरले सवारी साधनको लाइसेन्स, ब्लुबुक जस्ता कागजपत्र पेस गर्नुपर्नेछ ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.