Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

नेपाल राष्ट्र बैंकद्धारा लघुवित्त माथि कडा निगरानी

0 242

१७ फागुन, काठमाडौैं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुलाई गाउँपालीकामा शाखा विस्तार गर्न फोर्स गरेको छ । जस अनुसनर काठमाडौं उपत्यका बाहिर दुई वटा शाखा सञ्चालनमा ल्याएपछि मात्र काठमाडौं उपत्यकामा एक शाखा खोल्न मिल्ने निर्देशन जारी गरिएको छ ।

त्यसमा पनि गाउँपालिकामा शाखा विस्तार गर्न सकिने छ । राष्ट्र बैंकले लघुवित्तलाई शाखा विस्तारमा ग्रामिण तहमा फैलाउने योजना अनुसार यो नीति लिएको जनाएको छ ।

आइतबार राष्ट्र बैंकले इजाजतपत्र वर्गका लघुवित्त वित्तीय संस्थाहरुको लागि सो सर्कुलर जारी गरेको हो । यस निर्देशन अनुसार काठमाडौं बाहिर दुई वटा शाखा सञ्चालनमा ल्याएपश्चात उपत्यकामा लघुवित्तको शाखा नभएको स्थानिय तहको वडाहरुमा एक शाखा खोल्ने अनुमति दिइनेछ ।

Subscribe to our newsletter

उपत्यका बाहिर खोलिने दुई शाखामध्ये एक शाखा गाउँपालिकामा खोलिनुपर्ने छ । राष्ट्र बैंकका अनुसार पुस मसान्तपछि यो नियम लागु हुनेगरी निर्देशन जारी गरिएको हो । 



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.