Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

सिन्धु विकास बैंकले चैत ९ गते बोलायो साधारण सभा

0 448

१७ फागुन, काठमाडौैं । सिन्धु विकास बैंकले चैत ९ गते एघारौं वार्षिक साधारण सभा बोलाएको छ । सभा आगन्तुक रिसोर्ट बनेपा, काभ्रेपलाञ्चोकमा बिहान १०ः३० बजेदेखि सुरु हुनेछ ।

कोरोनाको कारण सभा भर्चुअल मध्यमबाट हुने बैंकले जनाएको छ । सिन्धु विकास बैंकले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट आफ्ना सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको छ । बैंक सञ्चालक समितिको फागुन ६ गते बसेको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको थियो । तसर्थ, यसपटक लगानीकर्ताको हात खाली हुनेछ ।

साथै, अन्य बैंंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पेश हुनेछ । सञ्चालक समितिको वार्षिक प्रतिवेदन पनि पेश हुनेछ । साधारण सभा प्रयोजनको लागि बैंकले फागुन २८ गते एकदिन बुक क्लोज गर्ने भएको छ । 

Subscribe to our newsletter



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.