Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

राष्ट्रपतिद्वारा फागुन २३ गते संसद् अधिवेशन आह्वान

0 270

१७ फागुन, काठमाडौैं ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी २३ गते संसद अधिवेशन आह्वान गरेकी छिन् । राष्ट्रपतिका सचिवालयका अनुसार सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले अपरान्ह ४ बजेका लागि अधिवेशन आह्वान गरेकी हुन् ।


गत शुक्रबारको मन्त्रिपरिषद बैठकले संसद आह्वानको विषयमा छलफल गरेको थियो ।

Subscribe to our newsletter


सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई गत मंगलबार बदर गरेर १३ दिनभित्र संसद् बैठक आह्वानको परमादेश गरेपछि मन्त्रिपरिषद्को आजको बैठकले संसद् आह्वानको सिफारिस गरेको हो ।

राष्ट्रपति कार्यालयले केही बेरमा संसद् आह्वानको औपचारिक विज्ञप्ति जारी गर्ने छ ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.