पर्पलाबाट उदाउदै निखिला

0 1,417

काठमाडौं । अष्टेलियामा बेली डान्सरका रुपमा चर्चित मोडल निखिला नेपाली फिल्ममा डेब्यू गर्दैछिन् । हलिउड प्राविधिक र नेपाली सिनेकर्मीको सहकार्यमा निर्मित नेपाली फिल्म ‘पर्पला’मा निखिला मुख्य भूमिकामा देखिन लागेकी हुन् । फिल्मको सम्पूर्ण छायाँकन सकिएको निर्माणपक्षले जानकारी दिएको छ ।

डान्स र अभिनयमा पोख्त निखिला अष्ट्रेलियामा हुने विभिन्न इभेन्टहरुमा डान्स तथा कोरियोग्राफरका व्यस्त रहँदै आएकी छन् । विभिन्न फेसन शोहरुमा समेत व्यस्त निखिलाले आधा दर्जनभन्दा बढी म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी छन् । यसैबेला उनी अधिनेत्रीका रुपमा डेब्यू गर्न लागेकी हुन् ।

यसअघि विभिन्न फिल्ममा अफर आएर पनि स्क्रिप्ट चित्त नबुझेपछि इन्कार गरेकी निखिलाले भनिन्, ‘मलाई विषयवस्तु र कन्टेन्ट मन परेमात्र अभिनय गर्छु ।’ निखिलाले ‘पर्पला’को कथावस्तु मन परेको बताउँदै भनिन्, ‘यो फिल्मको कथा अष्ट्रेलियामा भएको रियल घटनामा आधारित छ । त्यसैले पनि मलाई मन प¥यो ।’ झापाबाट पाँच वर्षअघि अष्ट्रेलिया पुगेकी निखिला आफ्नो डेब्यू फिल्म ‘पर्पला’ रिलिज नहुँदै व्यस्त हुन थालेकी छन् । यतिखेर उनी दुई फिल्मको स्क्रिप्ट पढिरहेकी छन् । यदि मन परेमा ती फिल्ममा काम गर्ने उनको सोच छ ।

हाइट, फिगर र सुन्दरतामा जस्तै अभिनयमा समेत पोख्त निखिला भन्छिन्, ‘म हलिउड र बलिउडका केही कलाकारबाट प्रभावित छु ।’ उनी हलिउड अभिनेत्री सल्मा हायक, बलिउड अभिनेत्री जिनत अमान र राधिका आप्टेको अभिनयबाट प्रभावित छिन् भने नेपालका भने तृप्ति नाडुकर, नम्रता श्रेष्ठ र ऋचा शर्माको अभिनयबाट प्रभावित रहेको बताउँछिन् । आरकेएस अष्ट्रेलिया, ओएमजी इन्टरटेनमेन्ट र ग्रिन हिल्स इन्टरटेनमेन्टको संयुक्त व्यानरमा निमार्ण भएको ‘पर्पला’को प्रस्तुतकर्ता भानुप्रताप ढकाल हुन् । जो नेपाली फिल्ममा खलपात्रका रुपमा चर्चित छन् ।

फिल्म ‘पर्पला’मा रविन्द्रकुमार शर्मा, डम्बरबहादुर रसाइँली र छवि अधिकारीको निर्माण तथा सह–निर्मातामा सिर्जना लुहागुन, सरस्वती गौतम र भीमबहादुर रसाइँली रहेका छन् । फिल्ममा निखिलाका अवाला पुकार गौतम, रोजी पन्त, ओग्ला तामाङ, योगेश घिमिरे, पे्रक्षा अधिकारीलगायतको मुख्य अभिनय देख्न सकिनेछ । यस फिल्मलाई सुरेन्द्र पौडेलले सम्पादन गर्दैछन् ।

१. मोडलीङमा लाग्ने अभिप्रेरीत के ले गर्यो ?

सानै देखि कला प्रतिको झुकाव थियो मेरो।टेलीभिजनमा नायक नायिकाहरु, भिडीयोमा मोडलहरु देख्दा पछि गएर आफु पनि त्यस्तै हुन्छु भन्ने कल्पना गर्थे। यो फिल्डमा पाउने सम्मान र मायाँले पनि अभिप्रेरित गर्यो।

२. बेली डान्सको कुनै औपचारीक शिक्षा लिनु भएको छ या छैन। किन बेली डान्सनै रोजाईमा पर्यो ?

हजुर छैन। म टिभीमा, युट्युब, साकिरा, बलीहुडको मेहर मलिकबाट एकदमनै प्रेरित भएर बेली डान्स रोज्न पुगे। यो अरु डान्स फर्म भन्दा अलि फरक लाग्यो मलाई।

३. अष्ट्रेलिया आउनु अघि देखीकै रोजाई हो मोडलीङ कि यहाँ आए पछिको रोजाई हो ?

यो मेरो सानै देखिको सपना हो। म जहिले पनि एउटा कलालाई मायाँ गर्ने मान्छे। आफ्नो  पढाईका कारणले मैले आफ्नो रहरलाई निरन्तरता दिन सकि रहेको थिईन तर अष्ट्रेलिया आएपछि भने मैले त्यो मौका पाएको छु।

४. पढाई काम अनि आफ्नो रुचीको बिषय मोडलीङ कसरी ब्यबस्थापन गर्नु भयो ?

मलाई लाग्छ हजुरले कुनै चिजलाई मनदेखी चाहानु हुन्छ भने त्यो कुरा पाउनबाट हजुरलाई कसैले पनि रोक्न सक्दैन।त्यस्तै मेरो पनि मोडलीङ नृत्य र अभीनय रुचीको बिषय भएर अहिले सम्म मैले त्यसलाई मिलाएर लान सफल भएकी छु।

५. प्रोफेसनल मोडल कसरी बन्न सकिन्छ ?

म अझै पनि आफुलाई मोडलीङमा परिपक्क भइसकेको छु भन्न त सक्दिन तर अहिले सम्मको यी पाँच बर्षको अनुभवले यति चाँही भन्न सक्छु की प्रोफेसनल मोडेल हुनलाई मोडलीङ प्रतीको अध्धयन हुन एकदमै जरुरी छ।अर्को कुरा मन मात्र भएर नहुने त्यसको लागि आफुले आफ्नो समय, लगनशिलता र परिश्रम गर्नु जरुरी छ।

६. मोडलीङ, बेली डान्सर र फिल्म क्षेत्र कुन पहिलो प्राथमिकतामा पर्छ ?

समय अनुसार मानिसका इच्छा र चाहानाहरुपनि बद्लिदै जान्छन्।त्यसैले मेरा लागि यी तिन कुरा प्रीय भएता पनि अहिलेको मेरो पहिलो प्राथमिकतामा फिल्म क्षेत्र पर्दछ।मैले मसँग भएका सबै कलाहरु फिल्मी क्षेत्रता माध्यमबाट देखाउन पाउने हुँदा पनि पहिलो प्राथमिकतामा अभीनयनै पर्दछ।

७. फिल्म कसरी पाउनु भयो ?

म यस क्षेत्रमा लागेको करिव पाँच बर्ष हुन लाग्यो। त्यहि क्रममा हाम्रो मुभी पर्पलाको डाइरेक्टर मनोज अधिकारी दाई र निर्माता भानु प्रताप दाईले मेरो कामहरुलाई नजिकबाट नियाली रहनु भएको रहेछ।त्यहि क्रममा उहाँहरुले मलाई मुभीको अफर गर्नु भयो। 

८. अस्ट्रेलीयाले के सिकायो ?

अस्ट्रेलीयाले मलाई सपना देख्न कहिलै छोड्नु हुँदैन अनि मेहिनत गर्न कहिलै छोड्नु भनेर सिकायो।

९. अस्ट्रेलीया आउनुमा कुन ग्लानी छ या छैन ?

   छैन

१०. पर्पला के हो ?

पर्पला एउटा अस्ट्रेलीयामा घटेको बिभीन्न घटनाहरुलाई समेटेर बनाइएको कथा हो। यो भन्दा बढी सुन्न हजुरले ट्रेलर कुर्न पर्ने हुन्छ। आशा गर्छु पर्पलाले हजुरहरुको मायाँ पाउनेछ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.