Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

म्यान्मार सैन्य कू: प्रहरीको गोली प्रहारबाट १८ प्रदर्शनकारीको मृत्यु

0 278

संयुक्त राष्ट्रसङ्घको मानवअधिकार कार्यालयले कम्तीमा १८ जना मारिएको म्यान्मारको घटनालाई ‘अहिलेसम्मकै घातक’ भनेको छ।

१७ फागुन, बिबिसि। प्रहरीले प्रदर्शनकारीमाथि आइतवार गोली चलाउँदा उक्त घटना भएको हो।

प्रहरीले गोली र अश्रुग्यास प्रहार गर्दा याङ्गुन लगायतका सहरमा मानिसहरू मारिएको विवरणहरूमा जनाइएको छ। सुरक्षाकर्मीहरू प्रदर्शनविरुद्ध शनिवारदेखि कडा रूपमा प्रस्तुत हुन थालेका छन्।

Subscribe to our newsletter

रगताम्य प्रदर्शनकारी

आङ सान सू ची लगायत तत्कालीन सरकारका नेताहरूलाई अपदस्थ गरिनुका साथै उनीहरूलाई बन्दी बनाइएको छ।

सामाजिक सञ्जालहरूमा आएका भिडिओ फुटेजहरूमा प्रहरीले कारबाही गर्दा प्रदर्शनकारीहरू भागिरहेको देखिन्छ। बाटो छेक्न अवरोधहरू खडा गरिएको र मानिसहरू रगतमा लतपतिएको देखिन्छ।

प्रदर्शन

सैनिक कूका नेताहरूले प्रदर्शन रोक्न आग्रह गरे पनि त्यसको कुनै सङ्केत नदेखिएपछि प्रहरी कारबाही आइतवार विस्तार गरिएको हो।

संयुक्त राष्ट्रसङ्घको मानवअधिकार कार्यालयले प्रदर्शनकारीविरुद्ध भएको हिंसाको निन्दा गरेको छ।उसले आइतवारको घटनामा कम्तीमा १८ जना मारिएको र ३० जना घाइते भएको विश्वसनीय सूचना रहेको जनाएको छ।

"म्यान्मारका जनतालाई शान्तिपूर्ण रूपमा भेला हुन पाउने र प्रजातन्त्रको पुनर्बहालीको माग गर्न पाउने अधिकार छ," प्रवक्ता रविना शमदासनीले भनिन्, "अहिंसक प्रदर्शनकारीविरुद्ध घातक हतियारको प्रयोगको औचित्य अन्तर्राष्ट्रिय मानवअधिकार मान्यता अन्तर्गत कहिल्यै पुष्टि हुन सक्दैन।"

एकजना प्रदर्शनकारीले प्रहरी दमनबाट आन्दोलन नरोकिने बताए।

समाचार संस्था रोयटर्ससँग गरेको कुराकानीमा न्यान वीन शेनको दृढता छ, “उनीहरूले दबाउन खोजे हामी उठ्छौँ, उनीहरूले आक्रमण गरे हामीले प्रतिरक्षा गर्छौँ, सेनाको बुटका अगाडि हामीले कहिल्यै घुँडा टेक्दैनौँ।”

प्रदर्शन सुरु भएयता कैयौँ मानिस पक्राउ परेका छन्। तर त्यसबारे पुष्टि गरिएको छैन।

राजनीतिक बन्दीहरूको अनुगमन गर्ने एउटा संस्थाका अनुसार त्यो सङ्ख्या ८५० रहेको बताएको छ। तर यो हप्ता थप सयौँ गिरफ्तार भएको देखिएको छ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.