Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

छ महिनामा करिब साढे दुई खर्ब भारु खरिद

0 273

१७ फाल्गुन, काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको पछिल्लो छ महिनामा दुई खर्ब ४१ अर्ब ३४ करोड रुपैयाँबराबरको तरलता प्रशोचन गरेको छ ।

राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७७/०७८ को छ महिनामा रिभर्स रिपोमार्फत ८९ अर्ब ५४ करोड र निक्षेप संकलन उपकरणमार्फत एक खर्ब ५१ अर्ब ८० करोड गरी कुल दुई खर्ब ४१ अर्ब ३४ करोड तरलता प्रशोचन गरिएको हो ।

अघिल्लो वर्षको सोही अवधिमा रिभर्स रिपोमार्फत २८ अर्ब र निक्षेप संकलन उपकरणमार्फत ३० अर्ब गरी कुल ५८ अर्ब तरलता प्रशोचन गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ । उक्त अवधिमा रिपोमार्फत ३९ अर्ब ५२ करोड र स्थायी तरलता सुविधामार्फत ५२ अर्ब ५५ करोड गरी कुल ९२ अर्ब सात करोड तरलता प्रवाह गरिएको थियो ।

Subscribe to our newsletter

समीक्षा अवधिमा राष्ट्र बैंकले विदेशी विनिमय बजार अर्थात् वाणिज्य बैंकहरुबाट अमेरिकी डलर दुई अर्ब १२ करोड खुद खरिद गरी दुई खर्ब ५१ अर्ब दुई करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर एक अर्ब ७० करोड खुद खरिद गरी एक खर्ब ९३ अर्ब ४० करोड तरलता प्रवाह गरिएको थियो ।

राष्ट्र बैंकका अनुसार चालू आवको पछिल्लो छ महिनामा अमेरिकी डलर दुई अर्ब चार करोड बिक्री गरी दुई खर्ब ४१ अर्ब ३१ करोडबराबरको भारतीय रुपैयाँ खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर दुई अर्ब दुई करोड बिक्री गरी दुई खर्ब २९ अर्र्ब ५५ करोडबराबरको भारतीय रुपैयाँ खरिद भएको थियो ।

६९ अर्ब ९६ करोड रुपैयाँ पुनर्कर्जा लगानीमा : 
नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको पछिल्लो छ महिनाको अवधिमा ६९ अर्ब ९६ करोड रुपैयाँ पुनर्कर्जा लगानीमा रहेको जानकारी दिएको छ । यसबाहेक ‘पुनर्कर्जा कार्यविधि, २०७७’ को व्यवस्थाबमोजिम राष्ट्र बैंकबाट बैंक तथा वित्तीय संस्थाहरुलाई एकमुष्ठ रुपमा प्रदान गरिने पुनर्कर्जाका लागि ३७ वटा बैंक तथा वित्तीय संस्थाहरुबाट ४५ अर्ब २५ करोड माग भई स्वीकृतिको प्रक्रियामा रहेको छ ।

राष्ट्र बैंकका अनुसार २०७७ पुस मसान्तसम्ममा ६० हजार आठ सय ७९ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भई एक खर्ब ३७ करोड कर्जा बक्यौता रहेको छ । यसमध्ये कृषि तथा पशुपक्षी व्यवसाय कर्जाअन्तर्गत ३३ हजार आठ सय १७ ऋणीलाई प्रवाह भएको ७६ अर्ब ५९ करोड कर्जा रहेको छ भने सहुलियतपूर्ण कर्जाका अन्य शीर्षकअन्तर्गत २७ हजार ६२ ऋणीको २३ अर्ब ७७ करोड कर्जा बक्यौता रहेको छ ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.