Advertisement

नेकपा नेता सवार गाडीले ठक्कर दिँदा साइकल यात्रु घाइते

0 427

Advertisement

१६ फाल्गुन, रौतहट । नेकपा दाहाल-नेपाल समूहका नेता योगेश भट्टराई चढेको गाडीले रौतहटको चन्द्रपुर नगरपालिका ४ स्थित पूर्वपश्चिम राजमार्गमा आइतबार राति साइकल यात्रुलाई ठक्कर दिएको छ । ठक्करबाट घाइते साइकल यात्रुलाई थप उपचारका लागि काठमाडौं लगिएको छ ।

घटनापछि प्रहरीले धनुषा बटेश्वर–७ घर भएका स्करपियो चालक धर्मदास महत्तोलाई नियन्त्रणमा लिएको छ ।

जनकपुरबाट पार्टीको कार्यक्रम सकेर हेटौंडा जाँदै गरेका नेता भट्टराई सवार ज १ झ ४२७ नम्बरको स्करपियोले साइकल यात्री चन्द्रपुर ६ का ५५ वर्षीय ईन्द्रप्रसाद घिमिरेलाई साढे ७ बजेतिर ठक्कर दिएको हो ।

दक्षिणबाट साइकल चढेर उत्तर लागेका घिमिरे स्करपियोको ठक्करबाट घाइते भएको जिल्ला प्रहरी प्रमुख एसपी सिद्धिविक्रम शाहले बताए । घाइते घिमिरेलाई नजिकको सिभिल अस्पताल लगिएको थियो । अस्पतालले थप उपचारका लागि काठमाडौं रिफर गरेको ईलाका प्रहरी चन्द्रनिगाहपुरले जनायो ।

घिमिरको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ । घटनापछि नेता भट्टराई केहीबेर इलाका प्रहरी चन्द्रनिगाहपुरमा बसेका थिए । त्यसपछि उनी अर्को सवारीमार्फत हेटौंडा गएका छन् । घटनापछि प्रहरीले धनुषा बटेश्वर–७ घर भएका स्करपियो चालक धर्मदास महत्तोलाई नियन्त्रणमा लिएको छ । दुर्घटनामा साइकल र स्करपियो दुबै सामान्य क्षति भएको प्रहरीले जनायो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.