Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

देश बर्बाद पार्न ‘दुई मिस्टर’ लागेका छन् : ओली

0 489

१६ फाल्गुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ‌ओलीले नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले देश बर्बाद पार्न चाहेको आरोप लगाएका छन् ।

उनले प्रचण्डले कम्फर्टेबल सरकार बनाउने र नेपालले हिन्दीमा फोन गरेकोप्रति कटाक्ष गर्दै अध्यक्षद्वयलाई ‘दुई मिस्टर’ को संज्ञा दिए ।
झापामा आयोजित नेपाल-चीन मैत्री औद्योगिक पार्कको शिलान्यास गर्दै उनले देशको विकास रोक्नका लागि आफूलाई हटाउन लागिरहेको पनि बताए ।

जनता साथमा र जनताको आशीर्वाद हुँदा-हुँदै आफूलाई केही फरक नपर्ने भन्दै भने, “के भयो त ? प्रतिनिधिसभा पुन:स्थापना भयो त राम्रै भयो ।”

Subscribe to our newsletter

उनले आफूलाई अविश्वासको प्रस्ताव ल्याएर प्रधानमन्त्रीबाट हटाएर देखाउन चुनौती पनि दिए । आफू पार्टीको अध्यक्ष र प्रधानमन्त्री रहेको कुरा नबिर्सिन पनि आग्रह गरे । आफूलाई प्रधानमन्त्रीबाट हटाउन नसके तीन करोड जनताबाट दुईतिहाइ ल्याउने जिकिर पनि गरे ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.