Advertisement

खेल पत्रकार सम्मानित

0 1,935

Advertisement

१६ फाल्गुन, काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले ९ जना पत्रकारलाई सम्मान गरेको छ । मन्त्रालयमा आइतबार आयोजित एक कार्यक्रमका बीच युवा तथा खेलकुदमन्त्री दावा तामाङले पत्रकारहरुलाई सम्मान गरेका हुन् ।

मन्त्रालयको बार्षिक कार्यक्रम अनुसार खेलकुद पत्रकारिता पुरस्कारबाट कमल खत्री सम्मानित भए । नागरिक दैनिक पश्चिेमी संस्करणमा रहेका कमलले नगद ५० हजार प्राप्त गरेका छन् । यसैगरी महिला तर्फ राष्ट्रिय समाचार समितिमा कार्यरत मुना कार्की सम्मानित भइन् । उनले नगद २५ हजार प्राप्त गरिन् ।

यसैगरी प्रदेश एक बाट हाम्रो खेलकुद डटकमका हिमालचन्द्र खरेल, प्रदेश २ बाट साप्ताहिक पत्रिका खेलकुदका रञ्जनकुमार भण्डारी, बागमती प्रदेशबाट नागरिक दैनिकका अनिल मल्ल ठकुरी, गण्डकी प्रदेशबाट कान्तिपुरका माधव अर्याल, लुम्बिनी प्रदेशबाट नेप्लेज डटकमका मुक्तिबाबु रेग्मी, कर्णली प्रदेशबाट बाह्रखरीका भुपेस उपाध्याय र सुदूरपश्चिमबाट खबरकुञ्जका सिताराम ओझा सम्मानित भएका हुन् ।

प्रदेशबाट सम्मानित हुनेहरुले पनि नगद २५ हजार प्राप्त गरेका छन् । कार्यक्रममा मन्त्रालयका सचिव केदार न्यौपानेले यो सम्मानको कार्यक्रम मन्त्रालयको नियमति कार्यक्रम भएको बताउँदै आगामी दिनमा यसको दायरा अझै बढाउँदै लैजाने बताए ।

उनले खेलकुदको माध्यमबाट विश्वस्तरमा नेपालको नाम चिनाउने सजिलो हुने भएकाले सरकारले पनि खेल क्षेत्रलाई विशेष महत्व दिनुपर्नेमा जोड दिएका थिए । साथै खेल पत्रकारहरुके बृत्ति बिकासमा मन्त्रालय नेपाल खेलकुद पत्रकार मञ्चसँग मिलेर काम गर्न तयार रहेको बताए

खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी ‘देवेन्द्र’ले खेल पत्रकारहरुको सम्मानका लागि मन्त्रालयले गरेको कामको प्रशंसा गर्दै यसलाई अझै फराकिलो बनाउनका लागि आफूहरु काम गर्न तयार रहेको बताए ।

युवा तथा खेलकुदमन्त्री दावा तामाङले मन्त्रालय सधैव खेलकूदको विकासका लागि पर्ने बताउँदै पत्रकारहरुसँग समन्व्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

खेलकुद पत्रकार पुरस्कारका लागि मन्त्रालयले दुई महिना अघि दरखास्त आह्वान गरेको थियो । मन्त्रालयमा आएका दरखास्तहरुलाई पुरस्कार छनोट समितिले छनोट गरि मन्त्रालयलाई बुझाएको थियो र सोही पुरस्कार आइतबार वितरण गरिएको हो । पुरस्कार छनोट समितिमा नेपाल पत्रकार महासंघ, खेलकुद पत्रकार मञ्च, राष्ट्रिय खेलकुद परिषद् राखेप, प्रेस कान्सिल नेपालका प्रतिनिधि सदस्य थिए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.