Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

डेनमार्कमा लकडाउनको विरोध गर्नेहरु पक्राउ

0 382

१६ गते, कोपेनहेगन  कोरोनाभाइरसको संक्रमण फैलिएपछि डेनमार्कमा गरिएको लकडाउनको विरोध गर्नेहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

राजधानी डेनमार्ककै लकडाउनको विरुद्धमा उत्रिएका आठ जनालाई शनिबार अबेर पक्राउ गरिएको अधिकारीहरुले जनाएका छन् । लकडाउनबाट असन्तुष्टहरुको समूहले आयोजना गरेको लकडाउन विरोधी प्रदर्शनमा झण्डै एक हजार २०० सहभागी भएका थिए ।

“प्रदर्शनमा सुरुमा झण्डै ६०० सयहभागी भएकोमा कार्यक्रम समापन हुने बेलासम्म एक हजार २०० पुगेका थिए,” एक प्रहरीले भने । शान्तिपूर्ण प्रदर्शन गरेकाहरुलाई केही नगरिएको र हिंसात्मक क्रियाकलाप गर्नेहरुलाई मात्रै पक्राउ गरिएको प्रहरी अधिकारीहरुको भनाइ छ ।

Subscribe to our newsletter

प्रदर्शनमा सहभागीमध्ये पक्राउ परेका आठ जनाले हिंसात्मक र तोडफोड तथा आगजनी जस्ता व्यवहार गरेको प्रहरीले जनाएको छ ।कोरोनाभाइरसको महामारी नियन्त्रणमा नआएको भन्दै सरकारले डेनमार्कमा लकडाउनको अवधि थप्दै लगेको छ । डेनमार्कमा अहिले आंशिक लकडाउन  छ । डेनमार्कमा गत डिसेम्बरदेखि लकडाउन कायमै छ ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.