अविश्वासको प्रस्ताव पास गरेर हटाउन प्रधानमन्त्री ओलीको चुनौती

0 467

१६ फाल्गुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद पुर्नस्थापना भएपछि अविश्वासको प्रस्ताव ल्याएर प्रधानमन्त्री हटाएर देखाउन नुचौति दिनुभएको छ । आफूलाई कसैले मुद्दा जितादिएर कसैले प्रधानमन्त्री नबनाइ नेपाली जनताले मतदान गरेर बनाएकाले जनातको आषिर्वाद रहिन्जेल कसैले हटाउन नसक्ने बताउनुभयो ।

संसद पुर्नस्थापना भइसकेपछि प्रधामन्त्री हटाउन बिभिन्न नेताका घर ढोका चाहार्न थालेको उल्लेख गर्दै संसदीय दलको नेता केपी हो, पार्टी अध्यक्ष केपी हो, प्राधानमन्त्री केपी ओली नै हो अब कुन प्रक्रिया र कुन बाटोबाट प्रधानमन्त्री हटाउने हो हटाएर देखाउन चुनौति छ उहाँले भन्नुभयो ।

संसाद पुर्नस्थापना गरी अदालतबाट जितेर ल्याएको हो भने अविश्वासको प्रस्ताव राख्नु होस् पास गर्नुहोस् । पहिला पनि अविश्वासको प्रस्तावबाट नै हटाइएको हो । पछि जनताले चुनेर पाठाएको हो त्यस कारण अब पनि हहटाउन प्रकृया बिधिबाट आउन सुझाव दिनुभयो ।

आइतबार झापाको दमक, कमल र गौरादह क्षेत्रमा स्थापना गर्न लागिएको चीन–नेपाल मैत्री औद्योगिक पार्कको शिलान्यास सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा पुर्नस्थापना भयो राम्रो भएको भएको छ । पुर्नस्थापना हुनासाथ केही नेता नयाँ प्रधानमन्त्री खोज्दै हिडेको बताउनुभयो । यस अर्थमा आफूले पञ्चायतदेखि नै केही गल्ति नगर्दा पनि मुद्दा खेप्दै हार्दै आएको प्रसंग उल्लेख गर्दै अदालतले हराएपनि जनताले जिताइन्जेल कसैको केही नलाग्ने बताउनुभयो । उहाँले लामो सर्घष र बलिदानबाट ल्याइएको लोकतन्त्रलाई तलमाथि हुन नदिने बताउनुभएको छ ।

प्रधानमन्त्रीले अगाडि भन्नुभयो, मुलुकमा तीब्र गतिले चौतर्फी रुपमा भएको बिकासबाट अतालिएर केही नेता छटपटटाउन थालेका छन् । प्रत्येक प्रदेशमा एक हजार बिगाहा भन्दा ठूलो क्षेत्रमा औद्योगिक क्षेत्र निर्माणका लागि बजेट बिनियोजन भइसकेको छ । नेपालकै सबैभन्दा ठूलो झापाको दमकमा निर्माण हुने चीन नेपाल मैत्री औद्योगिक पार्कले आगामी दुइ बर्षभित्रमा उत्पादन सुरु गर्ने बताउनु्भयो ।

नेपाल अब चाँडै बस्तु निर्यात गर्ने मुलुकको रुपमा चिनिने बताउनुभयो । त्यस्तै पूर्वमा काँकभिट्टादेखि पश्चिम गड्डाचौकीसम्म तिब्रगतिमा चल्ने आधुनिक बिद्युतीय रेल मार्ग निर्माणकालागि काम अधि बढिरहेको छ । यस्तै तुलाना गर्दै अहिले अहिले हुलाकी राजमार्ग, मध्यपहाडी लोकमार्ग, मदनभण्डारी राजमार्ग जस्ता पूर्वपश्चिम जोड्ने राजमार्गको काम धमाधम अघि बढिरहेको छ । त्यतिमात्र होइन काठ र वाँसका पुल पुर्ण रुपमा बिस्तापित गरेर पक्की पुल निर्माण गरिएका छन् र गरिदै छन् । पहाडी जिल्लामा जोखिम युक्त तुइन पूर्ण रुपमा बिस्तापित गरिएको छ र हजारौको सख्यामा झोलुङ्गे पुल निर्माण गरिएका छन् केही निर्माण प्रक्रियामा छन् ।
पछिल्लो तीन बर्षमा भएको बिकासको गति अस्वभाविक भएको छ ।

विश्वमा नै दुर्लभ होला एकै दिन देशभरी ३०९ वटा स्वास्थ्य चौकीको शिलान्यास भएको छ । ९१५ वटा पक्की मोटरेवल पुल निर्माण भइसकेका छन् । नेपालमा हाल दैनिक ५ दशमलव ७ किलोमिटर सडक कालोपत्रे भइरहेको छ ।

जस्ता महत्वकाक्षी योजनाकाले गर्दा बिकास बिरोधी केही शक्ती बिदेशीलाई खुशी बनाउन प्रधानमन्त्री परिवर्तन गर्ने खेलमा लागेको प्रधानमन्त्री ओलीको दावी छ । उहाँले नेकपाका नेता पुस्पकमल दाहाल प्रचण्ड र माधव नेपाल र झलनाथ खनाललाई लक्षित गर्दै प्रधानमन्त्री बनिदिनुहोस् भन्दै बिभिन्न राजनीतिक दलका नेताको घरमा धाउन थालेको बताउनुभयो । कार्यक्रममा सबिधानसभाका अध्यक्ष तथा नेकपाका नेता सुवाचन्द नेम्वाङ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङ, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टा लगायतले सरकारका कामको चर्चा गर्नु भएको थियो ।

एकैदिन पाँचवटा उद्घाट ३१ पुलको शिलान्यास

प्रधानमन्त्री केपी ओलीले आइतबार गृह जिल्ला झापामा एकै दिन बिभिन्न खोलामा निर्माण गरिएका पाँच वटा पक्की पुल उद्घाटन तथा मदन भण्डारी राजमार्गमा पर्ने ३१ वटा पुल शिलान्यस गर्नु भएको छ । विभिन्न उद्घाटन र शिलान्यास कार्यक्रममा सहभागी झापा आउनुभएका प्रधानमन्त्री ओलीले कमल गाउँपालिकाको तोपगाछी क्याम्पाबाट धरमपुर मंगलबारे जोड्ने पक्की पुलको उद्घाटन गर्नु भएको छ । त्यसलगत्तै उहाँले झापा र मोरङ जोड्ने दमक नगरपालिका–१० मा रहेको मावा खोलाको दुइर् सय मिटर लामो पक्की पुल उद्घाटन गर्नुभयो ।

त्यस लगत्तै दमक र गौरादह जोड्ने सेतुमारी स्थित रतुवा खोलाको ३ सय मिटर लोमो औद्योगिक क्षेत्र भित्रको पुल उद्घाटन गर्नु भएको छ । यसपछि दमक, कमल र गौरादह नगरपालिका क्षत्रे भित्र २२ सय बिगाहा क्षेत्रफलमा निर्माण गर्न लागिएको चीन नेपाल मैत्री औद्योगिक पार्क शिलान्यास गर्नुभयो ।

प्रधानमन्त्री ओलीले सोही दिन झापाको दमकबाट उत्तरमा इलामको चुलाचुली जोड्ने पुलको पक्की पुलको उद्घाटन गर्नु भएको छ । त्यस पछि मदनभण्डारी राजमार्ग अन्र्तगत दमकको वेलगाँडीबाट इलामको बुकुवा जोड्ने रतुवा खोलामा निर्माण सु्रु गरिएको पुलको शिलान्यसा गर्नु भएको छ । यहाँ सनुसरीको धरान देखि पश्चिम झापाको बाहुनगाँडी भित्र पर्ने ३१ वटा नदीमा निर्माण गर्नु पर्ने पक्की पुलको एकै स्थानबाट शिलान्यास गर्नु भएको हो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.