Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

हुन्डाई आई २० लाई ‘इन्डियन कार अफ दि इयर’, किया सोनेट र महिन्द्रा थार पछिपछि

0 456

१६ फाल्गुन, काठमाडौं । हुन्डाईको प्रिमियम ह्याचव्याक कार आई २० ले ‘इन्डियन कार अफ दि इयर’ अवार्ड जितेको छ ।

सन् २०२० मा उत्पादन भएका उत्कृष्ट कारहरु मध्येबाट दिइएको उक्त अवार्डमा किया सोनेट र महिन्द्रा थारलाई पछि पर्दै हुन्डाई आई २० ले हात पारेको हो ।

नयाँ जेनेरेशन प्रिमियम ह्याचव्याक कार आई २० निकै उत्कृष्ट डिजाइनमा तयार भएको कार हो । यो सूचीमा होन्डा सिटी, हुन्डाई अउरा, हुन्डाई नयाँ जेनेरेशन क्रेटा, किया कार्निभल, किया सोनेट, महिन्द्रा थार, एमजी गोलस्टर र टाटा अल्ट्रोज रहेका थिए ।

Subscribe to our newsletter

जुरीको मतका आधारमा छनोट भएको कार अफ दि इयरमा १०४ अंकसहित हुन्डाई आई २० पहिलो, ९१ अंकसहित किया सोनेट दोस्रो र ७८ अंकसहित महिन्द्रा थार तेस्रो भएको हो ।

बैशाखमा मात्रै नेपाल ल्याउने तयारी भइरहेको हुन्डाई आई २० भारतीय बजारमा निकै राम्रो संख्यामा विक्री वितरण हुँदै आएको छ । यूरोपियन स्पेक आई २० बाट प्ररित डिजाइनमा तयार भएको कारण पनि अहिले आई २० निकै धेरै चर्चामा रहन सफल भएको हो ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.