टेष्ट ड्राइभ, टीभीएसमय भृकुटीमण्डप

0 557

१६ फाल्गुन, काठमाडौं । आक्रमक बजार विस्तारमा लागेको टीभीएसले काठमाडौंको भृकुटीमण्डपमा एक्सचेन्ज मेला आयोजना गरिरहेको छ ।

गत विहिबारबाट सुरुभएको एक्सचेन्ज मेलामा कम्पनीले थुप्रै ग्राहकमुखी योजना ल्याएको जनाएको छ । निलो कार्पेट माथि राखिएका रङ्गीचङ्गी मोटरसाइकल तथा स्कुटरले भृकुटी मण्डपलाई टीभीएसमय बनाएको छ ।

भृकुटीमण्डपमा लगाइएको ‘ग्राण्ड एक्सचेन्ज मेला’मा ग्राहकको उपस्थिति पनि निकै बाक्लो रहेको छ । मेलामा आउने ग्राहकलाई लक्षीत गर्दै कम्पनीले आफ्ना सबै मोटरसाइकल तथा स्कुटरहरु राखेको छ भने १५ वटा एक्सचेन्ज हाउसहरु सहभागी भएका छन् । यहाँ टेष्ट ड्राइभ गर्ने मध्यबाट भाग्यशाली ग्राहकले थाइल्याण्ड घुम्ने अवशर प्राप्त गर्ने छन् ।

मोटरसाइकल एक्सचेन्ज गर्न आएका सुमित कुँवर भन्छन्, ‘टीभीएसका सबै मोडल अवलोक गर्न र टेष्ट राइड गर्न मिल्ने तथा आफ्नो पुरानो मोटरसाइकलको मूल्याङ्कन गर्न पनि सजिलो रहेकाले मेला ग्राहकमैत्री रहेको अनुभूती गर्न सकिन्छ ।’

हरेक क्षेत्रमा टीभीएसलाई अब्बल बनाउने हाम्रो प्रयास हो । प्रिमियम सेग्मेन्टमा सर्वाधिक विक्री हुने एकटर्क स्कुटरदेखि पावर र स्टाइल मनपराउने ग्राहकलाई अपाचे सिरिजले लोभ्याउँछ ।

आयोजक जगदम्बा मोटर्सका अनुसार ग्राहकहरुको उपस्थिति निकै बाक्लो रहेको र कम्पनीको लक्ष्य अनुसार मोटरसाइकल एक्सचेन्ज भइरहेको छ । कम्पनीका जनरल मेनेजर दिपक रौनियार भन्छन्, ‘कोभिड १९ ले सृजना गरेको समस्यामा दिइएको अफर र त्यसपछिको चाडपर्वमा दिइएको अफर सकिएकाले ग्राहकलाई केहि त दिनै पर्ने अवस्थामा कम्पनीले एक्सचेन्ज मेला आयोजना गरिएको हो ।’

टीभीएसले अपाचे सिरिज, रेडन, एकटर्क, जुपीटर, विगो लगायतका मोटरसाइकल तथा स्कुटर विक्री गर्दै आएको छ । यस्तोमा मेलामा दुई पाङ्ग्रे सवारी साधन खोज्न आउने ग्राहकको रोजाई र आवश्यकता पुरा गर्न सक्ने अवस्था रहेको कम्पनीको दाबी छ ।

जगदम्बा मोटर्स मोटरसाइकल तथा स्कुटर विक्री गर्ने मात्र होइन । विक्रीपछिको सेवा र आवश्यक स्पेयर पार्टस्मा पनि निकै सजग रहेको रौनियार दाबी गर्छन् । उनि भन्छन्, ‘ग्राहकलाई मोटरसाइकल किन्ने सुखद अनुभुती दिलाउने हाम्रो प्रयास हो । यसमा हामी लागि रहेका छौं । त्यसको परिणाम पनि देखिन थालेको छ ।’

टीभीएस नेपालमा नै धेरै मोडलमा कनेक्ट फिचर सहितको मोटरसाइकल तथा स्कुटर विक्री गर्ने कम्पनी हो । त्यसको प्रयोगबाट ग्राहकले मोटरसाइकल तथा स्कुटर चलाउदा स्मार्ट फिचरहरुले चालकलाई नै स्माट बनाउने अवस्था सृजना भएको छ ।

‘हरेक क्षेत्रमा टीभीएसलाई अब्बल बनाउने हाम्रो प्रयास हो । प्रिमियम सेग्मेन्टमा सर्वाधिक विक्री हुने एकटर्क स्कुटरदेखि पावर र स्टाइल मनपराउने ग्राहकलाई अपाचे सिरिजले लोभ्याउँछ । यसमा अझै थुप्रै फिचर थपेर ल्याउने हाम्रो प्रयास रहने छ’, रौनियारले मेरोअटोसँग भने ।

मेलामा कम्पनीले स्पेयर पार्टसको छुट्टै स्टल निर्माण गरेको छ भने राइडिङ गियर लगायतका सामाग्री पनि राखेको छ । स्पर्टमा नै फाइनान्स सुविधा कम्पनीको अर्को आकर्षण हो । कुनै पनि ग्राहकले नयाँ किन्न वा पुरानोसँग साट्न झन्झट रहित सेवा पाउने छन् ।

ग्राहकलाई सून्य प्रतिशत व्याजदरमा फाइनान्स सुविधा पनि कम्पनीले दिएको छ । ५० प्रतिशत डाउन पेमेन्ट गर्ने ग्राहकले १८ महिना भित्र कर्जा भुक्तानी गर्दा कुनै व्याज तिर्नु पर्ने छैन । बीमा र नामसारी वापत लाग्ने रकम भने ग्राहकले तत्कालै तिर्नु पर्ने हुन्छ ।

यसका अलावा कम्पनीले ३० र ४० प्रतिशत डाउन पेमेन्टमा पनि मोटरसाइकल उपलब्ध गराउँदै आएको छ । मेलामा नै गएर नगद तिरेर मोटरसाइकल किन्ने ग्राहकले १० हजारसम्मको छुट पाउने छन् भने स्कुटर खरिद गर्ने ग्राहकले ८ हजार छुट पाउने छन् । एक्सचेन्जमा १५ हजारसम्मको थप मूल्यङ्क दिने कम्पनीले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.