Advertisement

धादिङको गल्छीमा दुर्घटना : १३ घाइते, दुई गम्भीर

0 356

Advertisement

१६ फागुन, धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिका वडा नम्बर-७ स्थित खेस्टे खोलामा तीन वटा यात्रुबाहक बस ठक्कर खाँदा १३ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये दुईको अवस्था चिन्ताजनक छ।

धादिङ बेशीबाट काठमाडौं जाँदै गरेको बा ३ ख ८९०४ नम्बरको बसलाई सुर्खेतबाट काठमाडौं जाँदै गरेको ना ५ ख ४४९१ नम्बरको बसले उछिन्ने क्रममा काठमाडौंबाट गोर्खा जाँदै गरेको ना ५ ख ५०७० नम्बरको यात्रुबाहक बससँग ठक्कर खाँदा दुर्घटना भएको हो।

दुर्घटनाबाट घाइते भएका यात्रुहरूको स्थानीय स्वास्थ्य सेवा गल्छीमा उपचार भइरहेको र दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ। उनीहरुलाई थप उपचारको लागि काठमाडौं पठाइएको छ।

दुर्घटनापछि केही बेर राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ । प्रहरी र स्थानीय बासीको सहयोगमा स्थानीय वर्कसपबाट क्रेन झिकाएर सवारी आवागमन सुचारु गराइएको गजुरी प्रहरीले जानकारी दिएको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.