Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

‘ह्यारी पोटर’को बालकलाकार एम्मा अभिनयबाट टाढिँदै

0 704

१६ फागुन, एजेन्सी । हलिउडको लोकप्रिय सिरिज ‘ह्यारी पोटर’को चर्चित पात्रमध्ये एक हरमायोनी ग्रेन्जर हुन्। यस पात्रमा बालकलाकारको रूपमा अभिनेत्री एम्मा वाटसनले डेब्यु गरेकी थिइन्।

करोडौं फ्यानफलोअर्स भएकी एम्माले अभिनय छोड्ने निर्णय गरेकी छन्। नौ वर्षको उमेर अभिनयमा आएकी एम्माले पछिल्लो समय काम गर्न छोडेको उनको एजेन्टले जानकारी दिएको हो। स्रोतका अनुसार एम्मा अब आफ्नो व्यक्तिगत जिन्दगीमा ध्यान दिन चाहिन्छन्।

उनी फियोन्से लियो रोबिनसनसँग समय बिताउन चाहन्छिन्। एम्मा र लियो पछिल्लो १८ महिनादेखि प्रेमसम्बन्धमा भएको चर्चा छ।

Subscribe to our newsletter

‘ह्यारी पोटर’का साथै एम्मा पछिल्लोपटक सन् २०१९ मा रिलिज भएको ‘लिटल वुमन’मा देखिएकी थिइन्। उनको सो निर्णयले उनका धेरै प्रशंसक दुःखी छन्।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.