Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

काठमाडौं महानगरपालिका कार्यालय अगाडि नागरिक आन्दोलनको धर्ना

0 284

१६ फाल्गुन, काठमाडौं । मिति २०७७/११/१६ गते बिहान ११:१५ बजे देखी सुन्धारा स्थित काठमाडौ महानगरपालिकाको कार्यलय बागदरबार अगाडि बृहत् नागरिक आन्दोल अभियानले आयोजना गरेको छ ।

नारायण वाग्ले (लेखक तथा अभियान्ता)को नेतृत्वमा, रबिद्र कुमार श्रेष्ठ (उपत्यका सडक विस्तार संघर्ष समितिका सदस्य ) लगाएत करिब १५/२० जनाको उपस्थितमा बालाजुमा जनताको घर गैरकानूनी रुपमा भत्काएर सुचना केन्द्र निर्माण र कमलपोखरीमा कंक्रिटको कमलको फुल फुलाउने कामको बिरोधमा काठमाडौ महानगरपालिका घेराउ गर्ने कार्यक्रम सुरु भएको छ ।

बृहत नागरिक आन्दोलनको अगुवाइमा सुन्धारास्थित महानगरपालिका कार्यालय अगाडि आज धर्ना दिइएको हो । धर्नामा उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समिति र नेवाः देय दबुका प्रतिनिधिहरु पनि सहभागी थिए ।

Subscribe to our newsletter

धर्नामा बसेकाहरुले ‘नागरिकलाई सडक छाप बनाउने कस्तो नीति ? कस्तो सरकार ?’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

बालाजु बाइपास सडक विस्तारको क्रममा उठिबास लगाइएकालाई सोही स्थानमा पुनःस्थापित गर्नसमेत माग गरेका छन् ।

स्थानीयलाई उठिबास लगाउने गरी सडक विस्तारको विरोध गर्दै आएका उनीहरुले सम्पदा संरक्षणमा समेत जोड दिएका छन् ।

शुक्रबार उनीहरुले काठमाडौंको कमलपोखरीमा बनाइएको कंक्रिकटको संरचना भत्काइदिएका थिए ।

याे पनि हेर्नुहाेस् :
‘सडक विस्तारका नाममा अन्यायपूर्ण तरिकाले विस्थापित बनाइयो’



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.