Advertisement

जर्मन बुन्डेसलिगा फुटबलमा शीर्ष स्थानको बायर्न म्युनिखले शानदार जित

0 348

Advertisement

१५ फाल्गुन, एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबलमा शीर्ष स्थानको बायर्न म्युनिखले शानदार जित निकालेको छ ।

शनिबार राति भएको खेलमा बायर्नले एफसी कोल्नलाई ५/१ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा बायर्नलाई जित दिलाउन रोबर्ट लेवान्डोस्की र सर्ज जिनाब्रीले दुई दुई गोल गरे । एरिक म्याक्सिमको नाममा एक गोल रह्यो । कोल्नका एलिस स्खेरीले एक गोल फर्काए ।

जितसँगै शीर्ष स्थानको बायर्नले २३ खेलबाट ५२ अंक जोडेको छ । कोल्न २१ अंकसहित १४औँ स्थानमा छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.