Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

आईपीओको नतिजा तीन ठाउँबाट मात्र

0 255

१५ फागुन, काठमाडौँ । कम्पनीहरूले निष्कासन गरेको प्राथमिक निष्कासन (आईपीओ) को नतिजा अब तीन ठाउँ अर्थात् सम्बद्ध कम्पनीको वेबसाइट, बिक्री प्रबन्धक र मेरो सेयरबाट मात्र हेर्न पाइने भएको छ । सीडीएस एन्ड क्लियरिङले मर्चेन्ट बैंकरहरूलाई पत्रमार्फत बिहीबार यस्तो निर्देशन दिएको हो ।

यसअघि विभिन्न सञ्चार माध्यमको वेबसाइटमा पनि आईपीओको रिजल्ट हेर्न पाइन्थ्यो । ती सञ्चार माध्यमले बिक्री प्रबन्धकबाट विवरण प्राप्त गरी आफ्नो वेबसाइटबाट पनि हेर्न पाउने सुविधा दिने गरेका थिए । यसरी धेरै स्थानबाट रिजल्ट हेर्न पाउने व्यवस्थाले लगानीकर्ताको व्यक्तिगत विवरण बाहिरिएको भन्दै सीडीएसले रोक लगाएको हो ।

आफ्नो व्यक्तिगत सूचना बाहिरिएको भन्दै लगानीकर्ताबाट गुनासो आएपछि रोक लगाइएको सीडीएस एन्ड क्लियरिङका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यले बताए । ‘म आउनुअघिदेखि नै बिक्री प्रबन्धकले सञ्चार माध्यमलाई पनि आईपीओको रिजल्ट दिँदै आएका रहेछन्,’ उनले भने, ‘अहिले लगानीकर्ताबाट पनि गुनासो आएकाले त्यसलाई रोक्न खोजिएको हो ।’ धितोपत्र केन्द्रीय निक्षेप सेवा विनियमावलीमा पनि लगानीकर्ताको व्यक्तिगत विवरणको गोपनीयता कायम गर्नुपर्ने व्यवस्था छ । सोहीअनुसार अहिले बिक्री प्रबन्धकहरूलाई निर्देशन दिइएको उनले बताए 

Subscribe to our newsletter

पछिल्लो समय अनलाइन भिजिटर बढाउने नाममा खासगरी अनलाइन सञ्चार माध्यमहरूले आईपीओको रिजल्ट आफ्नो वेबसाइटमा पनि राख्दै आएका थिए । आफ्नो वेबसाइटमा रिजल्ट राख्दा बिक्री प्रबन्धकबाट लगानीकर्ताको डिम्याट खातासँगै सबै विवरण चाहिन्छ । यसरी विवरण बाहिरिँदा आफ्नो गोपनीयता भंग भएको भन्दै उक्त काम रोक्न लगानीकर्ताले आग्रह गर्दै आएका थिए । अहिले सीडीएसले लगानीकर्ताको आग्रहलाई सम्बोधन गरेको हो ।

नयाँ व्यवस्थाअनुसार अब आईपीओको रिजल्ट सेयर निष्कासन गर्ने सम्बन्धित कम्पनीको वेबसाइट, बिक्री प्रबन्धक (मर्चेन्ट बैंकर) र सीडीएस एन्ड क्लियरिङको मेरो सेयरबाट मात्र हेर्न सकिन्छ । यो निर्देशन बिहीबारदेखि नै लागू भएको सीडीएसले जनाएको छ ।

अन्य सञ्चार माध्यमबाट आईपीओको नतिजा हेर्न रोक लगाइएपछि मेरो सेयरको वेबसाइटमा पर्न सक्ने चाप घटाउन क्षमता वृद्धिका लागि काम भइरहेको सीडीएसीको दाबी छ । हाल रियल टाइममा ६० देखि ७० हजारले एकैसाथ मेरो सेयरमा पहुँच राख्न सक्ने प्रमुख कार्यकारी अधिकृत आचार्यले बताए । ‘बढ्दो चाप व्यवस्थापनका लागि पनि क्षमता अभिवृद्धि गर्दै छौं,’ उनले भने ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.