Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

कुमारी बैंकको अगुवाइमा माथिल्लो राहुघाट जलविद्युत् आयोजनाको सहवित्तीयकरण सम्झौता

0 450

१५ फागुन, काठमाडौँ । कुमारी बैंक लिमिटेडको अगुवाइमा सहवित्तीयकरण कर्जाअन्तर्गत तुदी पावर कम्पनी प्राइभेट लिमिटेडले निर्माण गर्न लागेको म्याग्दी जिल्ला भएर बग्ने राहुघाट खोलामा बन्न लागेको ४८ दशमलव ५० मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत् परियोजनाको लागि आवश्यक वित्तीय व्यवस्थापन गरिएको छ ।

उक्त सहवित्तीयकरण सम्झौताअन्तर्गत कुमारी बैंक लिमिटेडबाहेक ग्लोबल आईएमई बैंक, सहअगुवाइ बैंकको रूपमा रहेको छ भने अन्य सहभागी बैंककोरूपमा सिद्धार्थ बैंक लिमिटेड, नेपाल क्रेडिट एण्ड कमर्ज बैंक लिमिटेड र माछापुच्छ्रे बैंक लिमिटेड रहेका छन् ।

यो परियोजनाको कुल लागत खर्च आठ अर्ब ३० करोडमध्ये सहवित्तीयकरण बैंकहरूबाट जम्मा ऋण कर्जा पाँच अर्ब ८१ करोड प्रवाह हुनेछ । प्रवर्द्धक कम्पनीको मुख्य लगानीकर्ताको रूपमा हिमालयन इन्फ्रास्ट्रक्चर फण्ड लिमिटेड, तुदी इन्भेष्टमेन्ट कम्पनी प्राइभेट लिमिटेड र महेश्वरप्रकाश श्रेष्ठ रहनेछन् भने वैदेशिक लगानीकर्ताको रूपमा चिनियाँ कम्पनी, सिचुवान जी अन्ताइ एनर्जी डेभेलपमेन्ट कम्पनी लिमिटेड रहनेछ । परियोजनाबाट विसं २०८० सम्म विद्युत् उत्पादन गर्ने लक्ष्य लिइएको छ । जलविद्युत् आयोजना राष्ट्रिय प्राथमिकता क्षेत्रअन्तर्गत पर्नुगएको हुनाले बैंक तथा वित्तीय संस्थाहरूले यस क्षेत्रमा लगानीको दायरा बढाइरहेका छन् ।

Subscribe to our newsletter

आफ्ना देशव्यापी एक सय ९२ शाखा सञ्जाल, एक सय ६२ एटीएम, २२ शाखारहित बैंकिङ इकाइ तथा १३ एक्सटेन्सन काउन्टरमार्फत अत्याधुनिक बैंकिङ सेवा सुविधाहरू दिँदै आएको कुमारी बैंकले राष्ट्रिय प्राथमिकताअन्तर्गतका विविध आयोजनाहरूमा लगानी गर्दै आइरहेको र उक्त कार्य निरन्तररूपमा अघि बढ्दै जाने बैंकले जानकारी गराएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.