Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

कांग्रेस र कम्युनिस्टको असफलताले विदेशी चलखेल बढ्यो : कमल थापा

0 394

१५ फाल्गुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले कम्युनिस्ट र कांग्रेसकोको असफलताका कारण विदेशी प्रभाव र चलखेल बढेको बताएका छन् ।

शनिबार काठमाडौंमा पार्टीको भातृ संगठन युवा संगठनद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै थापाले मुलुकको राष्ट्रियता र स्वाभिमान बलियो बनाउनको निमित्त राष्ट्रवादी आन्दोलनको आवश्यकतामा भएको बताए ।

राजसंस्था हटाएपछि प्रजातन्त्र बलियो हुन्छ भन्ने सोचाई गलत भएको पुष्टि भएको भन्दै थापाले राजसंस्था र हिन्दूत्व समृद्धिको बाधक नभएको स्पष्ट पारे।

Subscribe to our newsletter

राजसंस्थाको अन्त्य गरेपछि प्रजातन्त्रको निमित्त कहिल्यै लढ्नुपर्दैन भन्नेहरुनै आज प्रजातन्त्र संकटमा पर्यो, प्रजातन्त्रको हत्या भयो भन्दै सडकमा आएकोप्रती थापाको कडा कटाक्ष थियो।

कार्यक्रममा बोल्दै अर्का अध्यक्ष पशुपतिशमशेर राणाले मुलुकको संकट समाधानका निमित्त राजसंस्था र हिन्दुराष्ट्र अपरिहार्य भएको बताए।

कार्यक्रममा युवा संगठनका अध्यक्ष प्रकाश रिमाल, राप्रपाका युवा नेता राजाराम बर्तौला, पार्टी काठमाडौं अध्यक्ष नवराज सिम्खडा, युवा संगठनका नेता गुणराज राजभण्डारी, हिक्मतजङ्ग कार्की, रिद्धीप्रताप जङ्ग राणाले सम्बोधन गरे ।

कार्यक्रममा दुई सय ५५ युवा पार्टीमा प्रवेश गरेको संगठनका उपाध्यक्ष कैलाश कटवालले जानकारी दिए ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.