Advertisement

संक्रमितलाई डायलाइसिस सुविधा नै छैन, काठमाडौं जान नसक्दा एकजनाको मृत्यु

0 404

Advertisement

१५ फागुन, पोखरा । मिर्गौला डायलाइसिस गर्ने सुविधा पोखरामा मात्रै छैन, पर्वत, स्याङ्जा, म्याग्दी र बागलुङमा पनि विस्तार भइसकेको छ। तर, यिनै ठाउँमा यस्ता पनि बिरामी छन्, जसलाई डायलाइसिस गर्न काठमाडौं नपुगी धर हुँदैन। मिर्गौलाका अरु सबै बिरामीले पोखरा र आआफ्नै जिल्लामा उपलब्ध सेवा लिन सक्छन्, तर एचआइभी संक्रमितलाई त्यस्तो सुविधा छैन।

एचआइभी संक्रमित बिरामी जो मिर्गौला पनि पीडित छन्, तिनीहरुका लागि सरकारले डायलाइसिस सुविधा काठमाडौंमात्रै केन्द्रित गरेको छ। संघ सरकार मातहतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा एचआइभी संक्रमितका लागि एन्टीरेट्रो भाइरल औषधि खान पाउने सुविधा छ। मिर्गौला रोग पीडित पनि रहेका संक्रमितले त्यहीं डायलाइसिस गर्न पाउँदैनन्।

काठमाडौं नै धाउनुपर्ने अप्ठेरोका कारण कोभिड-१९ महामारी रोक्न लागेको लकडाउनका बेला पोखराका एकजना संक्रमितको मृत्यु नै भएको एचआइभी संक्रमितको क्षेत्रमा काम गर्नेहरु बताउँछन्। ‘त्यो बेला काठमाडौं जान एम्बुलेन्स पनि पाइएन र एकजना दाइको मृत्यु भयो,’ सामाजिक कार्यकर्ता मौसम गुरुङले भनिन्।

लकडाउन नहुँदाको सामान्य बेलामा पनि काठमाडौं धाउन निकै अप्ठेरो हुने स्वास्थ्यकर्मीको बुझाइ छ। पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा एआरटी शाखा इन्चार्ज कल्पना आचार्य भन्छिन्, ‘तोकेकै मितिमा पुग्नुपर्छ, पुग्न सक्नुभएन भने काठमाडौंमा पनि डायलाइसिस गर्न नपाउने अवस्था हुन्छ।’

काठमाडौं धाउन एचआइभी संक्रमितका लागि खर्चका हिसाबले पनि महँगो भइरहेको उनले सुनाइन्। एड्स हेल्थकेयर फाउन्डेसनकी कोअर्डिनेटर डा प्रीति आचार्य अहिले एआरटी लिन आइरहने संक्रमितमध्ये २ जना मिर्गाैलाका समेत पीडित रहेको जानकारी दिइन्। ‘उहाँहरु डायलाइसिसका लागि काठमाडौं नै जानुपरिरहेको छ,’ उनले भनिन्। उनकै भनाइमा अहिले पश्चिमाञ्चल अस्पतालमा १२ सय ९५ जना संक्रमितले नियमित औषधी लिइरहन्छन्। अस्पतालमै एआरटी शाखामा परामर्शदाता रहेकी मंगला सिञ्जालीका पोखराबाट डायलसिसका लागि काठमाडौं धाउनेहरुलाई पालो पाउन मुस्किल हुने गरेको सुनाउँछिन्।

पोखरामा शुक्रबार एचआइभी संक्रमित महिलाको हकहितका विषयमा अन्तक्र्रिया आयोजना भएको थियो। त्यसमा सहभागीले प्रदेशका सांसद लगायतलाई आफ्ना समस्या पनि सुनाए। पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका डा मदन बरालले संक्रमितको उपचार र हिंसाका घटना लगायत विषयमा प्रस्तुति गरे।

एचआइभी एड्ससँग बाँचिरहेका महिलाहरुको राष्ट्रिय महासंघले आयोजना गरेको कार्यक्रममा संक्रमित महिलाको अवस्थाका बारेमा पनि प्रस्तुतिकरण गरिएको थियो। कार्यक्रममा प्रदेश सांसदहरु कृष्णबहादुर थापा, रोशन गाहामगर, मित्रकुमारी गुरुङ सुवेदी, मधु अधिकारी गुरुङ, इन्द्रधारा विष्ट, स्वास्थ्य कार्यालय कास्कीका प्रमुख बाबुराम आचार्य लगायत पनि सहभागी थिए।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.