Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

प्रधानमन्त्री केपी शर्मा ओली कम्युनिष्ट वर्गको नभएको : अध्यक्ष प्रचण्ड

0 372

१५ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओली कम्युनिष्ट वर्गको नभएको आरोप लगाएका छन् ।

शनिबार नेकपा निकट शिक्षकहरुको राष्ट्रिय भेलामा सम्बोधन गर्दै ओली कम्युनिष्ट वर्ग नभएको र हिजो कम्युनिष्ट आन्दोलनले जसका विरुद्ध सर्घष गर्‍यो त्यही वर्गको पक्षपोषण गर्न थालेको उनले आरोप लगाए ।

उनले भने, ‘बैठकमा बस्नु पनि नपर्ने। अरुका कुरा सुन्न पनि नपर्ने। आलोचना पनि गर्न नहुने । यो त हिजोका महाराजधिराजको चरित्र हो। त्यसैले ओली अहिले कम्युनष्टि वर्गका होइनन् ।’

Subscribe to our newsletter

प्रधानमन्त्री ओलीले आफूलाई महाराजा ठानेको आरोप लगाएका अध्यक्ष प्रचण्डले लगाएका छन्। प्रधानमन्त्री ओलीले आफूलाई महाराजधिराज नै भएको ठानेर आलोचना पनि सहने र अरुको कुरै नसुन्ने प्रवृत्ति देखिएको भन्दै उनले टिप्पणी गरे।

कम्युनिष्ट आन्दोलनलाई कालो पोत्ने वा धब्बा लगाउने गरि कम्युनिष्ट पार्टीबाटै आएको कदम आश्चार्यजनक रहेको अध्यक्ष प्रचण्डको भनाइ छ। शिक्षकहरुको वामपन्थीप्रति आर्कषण बढ्नुमा नेपालको माटोको भूमिका रहेको उनको दाबी छ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.