१६३ वर्ष कैद असुली

0 176

१५ फाल्गुन, तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले अदालतबाट फैसला भई कैद तथा जरिवाना तिर्न बाँकी रही फरार रहँदै आएका विभिन्न मुद्दाका गरी झण्डै १६३ वर्ष कैद असुली भएको जनाएको छ ।

साउन महिनादेखि हालसम्म प्रहरीद्वारा पक्राउ परेका ३४७ जना फरार प्रतिवादीलाई पक्राउ गरी कूल १६२ वर्ष ११ महिना २८ दिन कैद असुली गरेको हो । प्रहरीका अनुसार यसरी पक्राउ पर्नेमा २५७ पुरुष र ९० महिला रहेका छन् । पक्राउ परेकामध्येबाट जरिवाना तिर्न बाँकी रहेको रु ५६ लाख १७ हजार ११५ राजस्व सङ्कलन भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए । ।

अवैधानिकरुपमा नदीजन्य उत्खनन गर्ने ९४ वटा सवारी साधनलाई पक्राउ गरी सम्बन्धित पालिकामा पठाउँदा रु एघार लाख ३७ हजार जरिवाना तिरेका छन् । जबर्जस्ती करणी, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योगलगायतका २४० मुद्दा दर्ता भएका छन् । उनले भने, “लागुऔषधसम्बन्धी २१ मुद्दा दर्ता भएकोमा ३८ पुरुष तीन महिला गरी ४१ पक्राउ परेका छन् ।”

जिल्लाको विभिन्न क्षेत्रबाट गरी ४४.४५ ग्राम गाँजा र डाइजोपाम, फेनरागन र नुफिन गरी कूल एक हजार ९९० एम्पुल बरामद गरिएको उनले बताए । चाडपर्व र अन्य समयमा जुवातास खेलिरहेको अवस्थामा ११० जुवाडे पक्राउ गर्दा जुवा खालबाट रु बाह्र लाख ५८ हजार १९० बरामद गरेको छ । मोबाइल चोरीपश्चात् खोजतसालको लागि प्रहरीमा निवेदन दिएकामध्ये ४१ जना सम्बन्धित व्यक्तिलाई मोबाइल फेला पारी हस्तान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

जघन्य अपराध घटनाका ९५ प्रतिशत कानूनी कठघरामा ल्याइएको तनहुँ प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले बताए । घटनापश्चात् केही अपराधी छिमेकी राष्ट्रमा लुकीछिपी बसेका कारणले नेपाल ल्याउन समस्या भएको उनले जानकारी दिए । दुर्घटना न्यूनीकरण, फरार प्रतिवादी पक्राउ, लागुऔषध ओसारपसारमा न्यूनीकरण, राजस्व चुहावट गरी चोरी गर्ने कार्यलाई निरुत्साहित गर्ने योजनासहित कामको थालनी गरिएको उनले बताए ।

त्यसैगरी २७ रोपनी क्षेत्रफलमा लगाइएको तीन हजार ७०० गाँजाका बोट फँडानी गरी नष्ट गरिएको छ । अवैधानिकरुपमा चोरी निकासी भएका ६०५ क्युफिट काठ बरामद भएको थियो ।

रासस



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.