Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

यौन दुव्यर्वहारको अभियोग लागेका जिम्न्यास्टिकका

0 401

१५ फागुन, एजेन्सी । यौन दुव्यर्वहारको अभियोग लागेको केही घन्टामै अमेरिकाका जिम्न्यास्टिकका पूर्वप्रशिक्षकले आत्महत्या गरेका छन् । जोन गेडेर्ट नामका ती प्रशिक्षक अभियोग लागेको केही घन्टामै मृत फेला परेका थिए ।

गेडेर्टमाथि यौन दुव्यर्वहार र मानव तस्करका २४ वटा अभियोग लागेको थियो । उनीमाथिको अभियोगको विषयले खेल क्षेत्रमा तरंग आएको थियो । गेडेर्टमाथिको अभियोगमध्ये दुईवटा १३ र १६ वर्षीया खेलाडीमाथिको दुव्यर्वहार रहेको छ ।

६३ वर्षीय गेडेर्ट सन् २०१२ मा महिला जिम्न्यास्टिक टिमको प्रशिक्षक थिए । उनी टिमको चिकित्सक लारी नासारसँगै काम गर्थे । नासारमाथि यौन दुव्यर्वहारको अभियोगमा अदालतले दोषी ठहर गरी ३ सय वर्षको जेल सजाय सुनाइसकेको छ ।

Subscribe to our newsletter



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.