Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

सानिमा ब्यांकबाट निम्न आयस्तरका महिलालाई २० हजारसम्मको उपचार

0 556

१५ फागुन, काठमाण्डाैं । सानिमा ब्यांकले निम्न आयस्तरम भएका महिलालाई प्रतिव्यक्ति वार्षिक रु.२० हजारसम्मको उपचार खर्च व्यहोर्ने गरी पाटन अस्पतालसँगको सम्झौता नवीकरण गरेको छ।

सानिमा ब्यांक र पाटन अस्पतालबीच निम्न आर्थिक अवस्था भएका महिलाको उपचारका लागि गत वर्ष भएको सम्झौता १४ फागुनमा नवीकरण गरिएको हो। 

सम्झौता अन्तर्गत सानिमा ब्यांकले प्रत्येक नारी बचत खाता बापत ब्यांकको तर्फबाट मासिक रु.१ को दरले नारी सामाजिक कोषमा रकम जम्मा गर्ने गरेको छ। उक्त रकम नारी उत्थानका लागि खर्च गर्ने उद्देश्यले नै ब्यांकले पाटन अस्पतालसँग सम्झौता गरेको हो।

Subscribe to our newsletter

सम्झौतापत्रमा सानिमा ब्यांकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) भुवन दहाल र पाटन अस्पतालका प्राडा रवि शाक्यले हस्ताक्षर गरेका छन्। ब्यांकले सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पताललाई उक्त सम्झौतावापतको रकम उपलब्ध गराउने छ।

ब्यांकले निम्न आयस्तर भएका महिलाको उपचारमा राहत पुर्‍याउने उद्देश्यले गत वर्षदेखि नै यस्तो आर्थिक सहायता गर्दै आएको उल्लेख छ। 



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.