Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

६ महिनामा पौने तीन खर्बको डिजिटल कारोबार

0 395

१५ फागुन, डिजिटल । प्रविधिको विकाससँगै बैकिङ कारोबारमा यसको प्रयोग बढ्न थालेको छ । छिटो र सहज कारोबारका लागि मानिसले डिजिटल माध्यमबाट नै भुक्तानी गर्न थालेका हुन् ।

चालू आर्थिक वर्ष २०७७/७८ को ६ महिनामा २ खर्ब ७८ अर्बको डिजिटल कारोबार भएको छ

एटिएम कार्ड, कनेक्ट आइपिएस, डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, वालेट, क्युआर बेस पेमेन्ट, पोइन्ट अफ सेल र ई–कमर्समार्फत ३ करोड ५९ लाखपटकमा यस्तो कारोबार भएको केन्द्रीय बैंकको तथ्यांकमा उल्लेख छ ।

Subscribe to our newsletter

कार्डमा अभ्यस्त बन्दै नेपाली
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार एटिएम कार्डबाट मात्रै ५८ अर्ब ७६ करोड रुपैयाँ निकालिएको छ । ६ महिनामा सो रकमका लागि ६७ लाख ९० हजार ६ सय ४६ पटक एटिएम प्रयोग भएको छ । त्यस्तै, डेबिट कार्डको ७४ लाख ७८ हजारपटक हुँदा ६१ अर्ब ६० करोडको कारोबार भएको छ । क्रेडिट कार्ड भने १ लाख ५१ हजारपटक प्रयोग गरी ९५ करोड ५ लाखको कारोबार भएको छ ।

एटिएमपछि बैंकिङ कारोबारका लागि वालेटको प्रयोग पनि उत्तिकै बढेको देखिन्छ । राष्ट्र बैंकको तथ्यांकअनुसार चालू आवको पुस मसान्तसम्म वालेटमार्फत ९८ लाख ९० हजारपटक कारोबार भएको छ । जसबाट ९ अर्ब ६५ करोड रुपैयाँबराबरको कारोबार भएको केन्द्रीय बैंकको तथ्यांकमा उल्लेख छ । मोबाइल बैंकिङमार्फत ८६ लाख ८१ हजार ३ सय ९ पटकमा ३३ अर्ब १५ करोड रुपैयाँबराबरको कारोबार भएको छ । त्यस्तै, इन्टरनेट बैंकिङमार्फत ३ लाख २ हजार ५६ पटकमा ८ अर्ब ५० करोड रुपैयाँबराबरको कारोबार भएको छ ।

कोभिडले बढायो प्रविधिको प्रयोग
विश्वव्यापी रूपमा फैलिएको कोरोना संक्रमण पछि बैंकिङ कारोबारमा प्रविधिको प्रयोग तीव्र गतिमा बढेको छ । महामारीमा प्रविधिको प्रयोगबाहेक अन्य विकल्प सहज नहुँदा मानिसहरूले यसतर्फ अझै आकर्षित भएको केन्द्रीय बैंक कार्यकारी निर्देशक निलम ढुंगानाले बताइन् । उनका अनुसार महामारीको अवधिमा मात्रै एटिएमको प्रयोग ७.८३ प्रतिशतले बढेको छ । डेबिट कार्डको ११.१३ प्रतिशत, क्रेडिट कार्डको १२ प्रतिशत, प्रिपेड कार्डको १७ प्रतिशत, मोबाइल बैंकिङको १८ प्रतिशत र इन्टरनेट बैंकिङको ९ प्रतिशत बढेको छ ।

कारोबारमा प्रविधिको प्रयोगलाई सुरक्षित बनाउन केन्द्रीय बैंकिङ नीति–नियम पनि बनाउँदै गरेको कार्यकारी निर्देशक ढुंगानाले बताइन् । तर, प्रविधिको प्रयोग नेपालकै लागि नयाँ भएकाले केन्द्रीय बैंकले आवश्यक सुधार गरिरहेको

उनले बताइन् । नेपाल सरकार पूर्वसचिव पुरुषोत्तम ओझाले बैंकिङ र विद्युतीय वालेटको प्रयोग बढ्दो क्रममा रहेको बताए । तर, सबै व्यक्ति डिजिटल ज्ञानका हिसाबले साक्षर छैनन् । त्यसैले सबैले यसको लाभ लिन नसकेको उनले बताए ।

मोबाइल बैंकिङका प्रयोगकर्ता सवा करोड पुगे
राष्ट्र बैंकको तथ्यांकअनुसार मोबाइल बैंकिङ सेवा लिनेको संख्या १ करोड २६ लाख ८९ हजार पुगको छ । जसमध्ये वाणिज्य बैंकका सेवाग्राही १ करोड १३ लाख ५५ हजार, विकास बैंकका १२ लाख १९ हजार र वित्त कम्पनीका १ लाख १४ हजार पुगेका छन् ।

त्यस्तै, इन्टरनेट बैंकिङका सेवाग्राही १० लाख ९० हजार ३२२ पुगेका छन् । चालू आवको ६ महिनाको अवधिमा ४ हजार २ सय ५४ एटिएम कार्ड जारी भएका छन् । सो अवधिमा ८० लाख ४९ हजार ५९ वटा डेबिट कार्ड जारी भएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.