Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

सीमा विवादबारे भारत र चीनबीच मन्त्रीस्तरीय वार्ता

0 1,051

१५ फागुन, नयाँदिल्ली (एजेन्सी) । भारतीय विदेशमन्त्री एस जयशंकर र चिनियाँ समकक्षी वाङ यीबीच टेलिफोन वार्ता भएको छ ।

पछिल्लो केही वर्षदेखि नै सीमा विवादमा फसेका दुई मुलुकका प्रतिनिधिहरुको वार्ता सीमा विवाद समाधानका लागि लक्षित थियो । भारतीय अधिकारीहरुका अनुसार दुबै पक्ष सीमा क्षेत्रमा उत्पन्न तनाब कम गर्न सहमत छन् ।

साथै विवादास्पक्ष सीमा क्षेत्रबाट सेना फिर्ता गर्न उनीहरु तयार देखिएका छन् । गत साता मात्रै सीमा क्षेत्रमा दुबै देशका सेनाहरुबीच धक्कामुक्की भएको भिडियो समेत सार्वजनिक भएको थियो । यसअघि गत वर्ष पनि गलवान क्षेत्रमा दुबै सेनाहरुबीच भीडन्त हुँदा २२ जना भारतीय सैनिक मारिएका थिए ।

Subscribe to our newsletter

भारतीय मिडियाका अनुसार उनीहरुबीच ७५ मिनेटसम्म फोन वार्ता भएको थियो । चिनियाँ राष्ट्रपति सी जिनपिङको भारत भ्रमणको तयारी भइरहँदा दुई देशका उच्च अधिकारीहरुबीच वार्ता सम्भव भएको हो । यसअघि सीमा क्षेत्रमा रहेका सैन्य कमाण्डरबीच वार्ता प्रयास भए पनि सफल हुन सकिरहेका थिएनन् ।

भारतको सेनाले यसअघि कश्मीरस्थित विवादित सीमा क्षेत्रमा पनि पाकिस्तानी सेनासँग सिमानामा हुने आक्रमण रोक्न सम्झौता गरेको थियो । पछिल्लो केही वर्षदेखि नै भारत र चीनका सेनाहरु सिमानामा भीडन्त गर्दैआएका छन् ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.