Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

बालुवाटारमा प्रदेश १ का सांसदसँग प्रधानमन्‍त्री ओलीको छलफल

0 292

१४ फागुन, काठमाडौं । नोपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले शुक्रबार दिउँसो प्रदेश १ का सांसदसँग बालुवाटारमा छलफल गरेका छन् ।

पुस ५ गते आफैले विघटन गरेको प्रतिनिधिसभालाई सार्वोच्च अदालतले फागुन ११ गते पुनस्र्थापना गरेपछि छलफल र परामर्शमा व्यस्त प्रधानमन्त्रीले शुक्रबार आफू निकट प्रदेश १ का सांसदसँग भेटघाट गरेका हुन् ।

‘प्रधानमन्त्रीसँग हाम्रो छलफल भइरहन्छ । आज दिउँसो पनि प्रदेश १ का केही साथीहरुसँग प्रधानमन्त्रीले छलफल गर्नु भएको छ’, छलफलमा सहभागी एक सांसदले भने ।

Subscribe to our newsletter

प्रधानमन्त्रीसँगको छलफलमा पछिल्लो राजनीटिक घटनाक्रम, सत्ता समीकरण, पार्टी एकता र राजनीतिक स्थायित्वको विषयमा छलफल भएको बालुवाटार पुगेका सांसदको भनाइ छ ।

‘प्रधानमन्त्री ओली समर्थक केही सांसद उपस्थित थियौँ’, कति सांसद सहभागी हुनुहुन्थ्यो भन्ने प्रश्नमा छलफलमा सहभागी एक सांसदले भने, ‘ठ्याक्कै संख्या गनिन । प्रधानमन्त्री समर्थक केही सांसद थियौँ ।’

सांसदहरुसँग करिब एक घण्टासम्म चलेको छलफलमा प्रधानमन्त्री ओलीले अदालतको फैसला कार्यान्वयन गर्ने विषयमा दृढ रहेको बताएका छन् । ओलीले नेकपा ‘प्रचण्ड–नेपाल’ समूहको रणनीतिका आधारमा कदम चाल्नेसमेत बताएका छन् ।

आफैले विघटन गरेको प्रतिनिधिसभालाई सार्वोच्च अदालतले पनुस्र्थापना गरेपछि अप्ठेरोमा परेका प्रधानमन्त्री ओलीले सबै प्रदेशका नेता र सांसदसँग छलफल सुरु गरेका हुन् । सोहीक्रममा शुक्रबार प्रदेश १ का सांसदसँग छलफल भएको र शनिबार बागमती प्रदेशका सांसदसँग छलफल गर्ने तयारी रहेको बालुवाटार स्रोतले बताएको छ ।

प्रधानमन्त्रीको कुरा सुनेपछि छलफलमा सहभागी सांसदहरुले नेकपाको एकताको पहल गर्नुपर्नेमा जोड दिएका छन् । ‘नेकपाको आन्तरिक एकतालाई जोड दिएका छौँ । पार्टीलाई कसरी एकतावद्ध बनाउने भन्ने विषयमा हाम्रो भनाइ राखेका छौँ’, ति सांसदले भने, ‘राजनीतिक स्थायित्वको विषयमासमेत छलफल भएको छ ।’

पुस ५ गते प्रधानमन्त्री अ‍ोलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित छ । एउटा समूहको नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले गरेका छन् भने अर्को समूहको नेतृत्व प्रधानमन्त्री ओलीले गरेका छन् ।

प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेपछि पार्टी दुई समूहमा विभाजन हुँदा कुनै समूहमा नलागी एकता अभियानमा रहेका उपाध्यक्ष वामदेव गौतमले समेत पार्टी एकताको पहललाई अगाडि बढाएका छन् ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.