Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

हेम बहादुर मल्ल सम्मान डा. गौरी शंकरलाल दासलाई

0 391

१४ फाल्गुन, काठमाडौ । राष्ट्रपति विद्या देवी भण्डारीले डा. गौरी शंकर लाल दासलाई हेम बहादुर मल्ल सम्मान प्रदान गरेकी छिन् ।विहिवार राष्ट्रपति भवन शितल निवासमा आयोजित सम्मान समर्पण कार्यक्रम माझ दासलाई उक्त सम्मानबाट विभुषित गरिएको हो ।

जन प्रशासन संघका अध्यक्ष कृष्णहरि बाँस्कोटाको सभापतित्वमा भएको उक्त सम्मान कार्यक्रममा पुर्व मन्त्री एवम् कानुन आयोगका अध्यक्ष माधव पौडेल, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका संचालक समिति अध्यक्ष लक्ष्मीदास मानन्धर, साल्ट ट्रेडिङकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठ, साल्ट ट्रेडिङका संचालक समिती सदस्यहरु ध्यानगोविन्द रंजित, अन्जन श्रेष्ठ, प्रदिपलाल श्रेष्ठ, वहालवाला एवम् पुर्व उच्च प्रशासक, साल्ट ट्रेडिङका अधिकारीहरु आदीको उपस्थिती रहेको थियो ।

सम्मान ग्रहण पस्चात कार्यक्रम माझ बोल्ने क्रममा डा. दासले राष्ट्रपतिबाट सम्मानित हुन पाएकामा गौरव महशुश गरेको धारणा राख्दै आफुलाई योग्य ठानेकामा जनप्रशासन संघ, सम्मान छनौट समिति र पुरस्कार स्थापना गरेकामा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड प्रति आभार व्यक्त गरे ।

Subscribe to our newsletter

कार्यक्रम माझ सभापतिको आसनबाट बोल्दै जन प्रशासन संघका अध्यक्ष कृष्णहरि बाँस्कोटाले संघले निजामती ऐन, कर्मचारीको क्षमता विकास, जनशक्ती व्यवस्थापन आदीको पक्षपोषण गर्दै आएको जानकारी गराउदै यो सम्मान १६ औ श्रिँखला भएको उल्लेख गरे । साथै, उनले हेम बहादुर मल्लको व्यक्तित्व बारे चर्चा गर्दै उनी कर्मठ, इमान्दार, सदाचारी एवम् कुशल व्यवस्थापक भएको स्मरण समेत गरे ।

यसै गरि उक्त सम्मान छनौट समितीका संयोजक पुर्व मन्त्री एवम् कानुन आयोगका अध्यक्ष माधव पौडेलले कुल नब्बे सिफारिस मध्येबाट विभिन्न्न चरण पार गरी अन्तिममा ३ जना मध्येबाट पनि डा. दासलाई सर्वोकृष्ट ठहर गरिएको जानकारी दिए ।

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका संचालक समिति अध्यक्ष लक्ष्मीदास मानन्धरले कर्पोरेशनको सेवा प्रवाह पारे प्रकाश पार्दै सुपथ मुल्यमा सर्वसुलभताका साथ अत्यावश्यकिय वस्तुहरुको कारोबार गर्दै आएको उल्लेख गरे । साथै, उनले कार्यक्रममा उपस्थितीका लागि राष्ट्रपति लगायत समस्तमा धन्यवाद व्यक्त गरे ।

त्यसैगरि अर्को चरणमा दरबार मार्गमा आयोजित कार्यक्रम माझ सम्मानित व्यक्तित्व डा. दासलाई दोसल्ला ओडाईनुका साथै पुरस्कार राशी सहितको चेक हस्ताण्तरण गरिएको थियो ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा साल्ट ट्रेडिङकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले कर्पोरेशनले आम उपभोक्ताको हितलाई केन्द्रमा राख्दै आएको सन्दर्भ उल्लेख गर्दै सामाजिक उत्तरदायित्वलाई पुरा गर्ने सिलसिला कर्पोरेशनले विभिन्न कार्यक्रमहरु गर्दै आएको जनाइन् । साथै, उनले कर्पोरेशनले २०६० साल देखी हेम बहादुर मल्ल सम्मानका लागि जनप्रशासन संघसँग सहकार्य हुँदै आएको जानकारी गराउदै हेम बहादुर मल्ल सम्मान २०७५ बाट सम्मानित व्यक्तित्व डा. गौरी शंकर लाल दासले चिकित्सा एवम् सामाजिक क्षेत्रमा पुर्याएको योगदानको सर्हाना गर्दै बधाई ज्ञापन गरिन ।

सम्मानित व्यक्तित्व डा. दासले आफुले २०१८ सालमा चिकित्सा सेवा प्रारम्भ गरेको स्मरण गर्दै रोचक प्रसङ्हरु बारे चर्चा गरेका थिए ।

सो अवसरमा संघ अध्यक्ष कृष्णहरि बाँस्कोटा, प्रा. डा. चुणाराज शर्मा, प्रा. यशोधा पौडेल, संघ महासचिव रामशरण चिमोरिया लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा पुर्व सचिवहरु विद्याधर मल्लिक, उमेश मैनाली, शान्तराज सुवेदी, चन्द्र घिमिरे लगायत उच्च पदस्थहरुको सहभागीता रहेको थियो ।

सो कार्यक्रम जनप्रशासन संघ र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको संयुक्त आयोजनामा भएको थियो । हेम बहादुर मल्ल सम्मान साल्ट ट्रेडिङ कर्पोरेशन लि. का पुर्व अध्यक्ष एवम् पुर्व महाप्रबन्धक स्व. हेम बहादुर मल्लको स्‍मृतिमा स्थापना गरिएको हो ।

यस अघि हेमबहादुर मल्ल सम्मानबाट विभुषित हुनेहरुमा केदार भक्त माथेमा, चादनी जोशी, भगवान कोईराला, विमल कोइराला, महाविर पुन, अम्बिका श्रेष्ठ, भोजराज पोखरेल, डा. दमननाथ ढुङ्गाना, डा.सुरेश राज शर्मा, खिलराज रेग्मी, उमेश मैनाली, दामोदार रेग्मी, देवेन्द्र राज कँडेल, कुलमान घिसिङ र सुन्दुक रूइत छन् । यो सोह्रौ सम्मान समर्पण हो ।

को हुन डा. गौरीशंकर लाल दास

डा. गौरी शंकर लाल दास पेशाले चिकित्सक र प्रशासक हुन । वि. स. २००९ साल देखी उनले विर अस्पतालमा रेजिडेन्ट मेडिकल अफिसरका रुपमा स्वास्थ्य सेवा आरम्भ गरेका थिए । उनले वि. स. २०२४ सालमा स्वास्थ्य सेवा विभागको निर्देशक हुँदै स्वास्थ्य मन्त्रालयको प्रमुख योजना अधिकृत भएर काम गरेका थिए । त्यसैगरि उनले सन १९७५ देखी १९९० सम्म विश्व स्वास्थ्य संगठनमा आवद्ध रहि अन्तरराष्ट्रिय स्तरमा काम गरेका थिए । डा. दासले २०३५ देखी २०४७ सालसम्म लोक सेवा आयोगको सदस्य र २०५७ देखी २०६२ सालसम्म

राष्ट्रिय मानव अधिकार आयोगको सदस्य भई सेवा गरेका थिए । साथै उनी एक दर्जन भन्दा बढी सामाजिक संघ संस्थामा आवद्ध छन् । सिरहाको इनरुवामा जन्मिएका दास हाल ९६ बर्ष टेक्दै छन् ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.