Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

कुटपिट गरेको आरोपमा कलाकार पल शाहविरुद्ध उजुरी

0 376

१४ फाल्गुन, विराटनगर । कलाकार पल शाहविरुद्ध सुनसरीको धरानस्थित इलाका प्रहरी कार्यालयमा उजुरी परेको छ ।

उनीविरुद्ध चलचित्रकर्मी महासंघ, प्रदेश १ का अध्यक्ष अरुणकुमार प्रधानले प्रहरीमा उजुरी दिएका हुन् ।

म्युजिक भिडियो शूटिङका लागि धरान आएका पलले आफूलाई आक्रमण गरेको प्रधानको आरोप छ ।

Subscribe to our newsletter

प्रधानले पलको निर्देशनमा उनका सहयोगी कृष्णप्रसाद जोसीले आफूमाथि आक्रमण गरेको दाबी गरेका छन् ।

धरानमा पललाई लोकेसन हेर्नेदेखि सबै काममा आफूले सहयोग गरेको तर आफूमाथि नै आक्रमण भएपछि उजुरी हाल्न बाध्य भएको प्रधानले बताएका छन् ।

उनका अनुसार धरानको एक होटलमा खाना खाने बेलामा विवाद उत्पन्न भएको थियो । पललाई एक कार्यक्रममा अतिथिका रुपमा बोलाइएको थियो तर उनी जान नमानेपछि त्यहीँ विवाद सिर्जना भएको थियो ।

उजुरी परेपछि प्रहरीले शुक्रवार दुवै पक्षलाई छलफलका लागि बोलाएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.