Advertisement

सडकमा देखियो ‘पल्सर २५०’, यस्ता रहने छन् फिचर

0 436

Advertisement

१४ फागुन, काठमाडौं । बजाज पल्सर २५० भारतमा परिक्षण भइरहेको तस्विरहरु बाहिर आएका छन् । कम्पनीले पल्सर सिरिजमा २५० सीसीको नयाँ मोटरसाइकल ल्याउन लागेको समाचार यसअघि नै बाहिर आएको थियो ।

भारतको पुणेको सडकमा देखिएको पल्सर सिरिजको नयाँ मोटरसाइकलम स्टीकरले ढाकिएको छ । तर, यसमा भएको अलोय ह्वील, टेलिस्कोपिक फ्रन्ट सस्पेन्सन, सार्प रियर भ्यु मिरर, स्प्लीट सिट, ग्रयावरेल जस्ता फिचर भने प्रष्टरुपमा देख्न सकिन्छ ।

परिक्षणकाे क्रममा पल्सर २५० नयाँ पल्सर निकै आक्रमक डिजाइनमा तयार भएको देख्न सकिन्छ । यसको सिट केहि तल देखिन्छ भने, राइडिङ पोस्चर फ्रन्ट लिनिङ रहेको छ । यसको समग्र डिजाइनलाई नियाल्दा पल्सर एनएस सिरिजमा यो मोटरसाइकल बजारमा आउने अनुमान गर्न सकिन्छ ।

नयाँ मोटरसाइकलमा छोटो रियर फेन्डर, मड गार्ड, अपस्वीप्ट एक्जष्ट, सिटको तल एलइडी टेलल्याम्प दिइएको छ । यसको रियरमा प्रि-लोडेड मोनोशक सस्पेन्स दिइएको छ ।

बजाजले नयाँ मोटरसाइकललाई आगामी चाडपर्वलाई मध्यनजर गर्दै सेप्टेम्वर महिनामा बजारमा ल्याउने अनुमान गरिएको छ । २४८ सीसी सिंगल सिलिन्डर, आयल कूल्ड इन्जिन रहने नयाँ पल्सरको इन्जिनले २४ बीएच पावर जेनेरेट गर्छ ।

यसको मूल्य लगायतका विषयमा कुनै जानकारी कम्पनीले नदिएको भएपनि यो पल्सर सिरिजको सबैभन्दा महंगो मोडल हुने छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.