‘सडक विस्तारका नाममा अन्यायपूर्ण तरिकाले विस्थापित बनाइयो’

1 417

१४ फागुन, काठमाडौं । सडक विस्तारका नाममा अन्यायपूर्ण तरिकाले विस्थापित गराइएको भन्दै पीडितहरुले विरोध प्रदर्शन गरेका छन् ।

बृहत् नागरिक समाज, बृहत् नागरिक आन्दोलन, उपत्यकाव्यापी सडक संघर्ष समिति र नेवाः देः दबुलगायतका विभिन्न संघ-संस्थाहरुको आयोजनामा शुक्रबार माइतीघर मण्डलमा विरोध प्रदर्शन गरिएको हो । सडक विस्तारको नाममा काठमाडौंका आदिवासी नेवारहरुलाई विस्थापित गरिएको र सभ्यताको समेत विनाश भइरहेको भन्दै त्यसविरुद्ध आन्दोलन गरिएको अभियान्ता राजेन्द्र महर्जनले बताए ।

बालाजु बाइपासमा रहेका ४८ घरधुरीलाई सरकारले अन्यायपूर्ण रुपमा विस्थापित गराएको पीडितहरुको भनाइ छ । सर्वोच्च अदालतको अन्तरिम आदेशसमेत नमानेर बिनामुआब्जा, बिनाक्षतिपूर्ति सरकारले घर भत्काएको पीडितहरुको आरोप छ ।

घर भत्काउने सरकारको कामको विरोध गर्दा घरधनी तथा अभियन्ताहरुलाई प्रहरीले हिरासतमा लिएको भन्दै उनीहरुको रिहाको मागसहित कानुनी राज्यको माग गर्दै आन्दोलन गर्नुपरेको उपत्यकाव्यापी सडक पीडित संघर्ष समिति सदस्य विद्या श्रेष्ठले बताइन् ।

मातृभाषा बोलेकै कारण बालाजु बाइपासका बासिन्दालाई प्रहरीले धरकपड गरी नियन्त्रणमा लिएको नेवाः देः दबुः का अध्यक्ष नरेश ताम्राकारले बताए । सरकारले सर्वोच्च अदालतको अन्तरिम आदेशलाई समेत लत्याएर घरहरु भत्काएको बताए ।

वर्षौंदेखि सरकारी निकायसँग सिफारिस लिई बनाएको घर तथा कानुनी रुपमा पनि आफूहरुको जित भए पनि राजनीतिक कारण आफूहरुको घर भत्काइएको पीडित श्यामकृष्ण मानन्धरले बताए ।

प्रहरी नियन्त्रणमा भएका घरधनी तथा अभियन्ताहरु रिहा नभए र विस्थापित भएका परिवारहरुबारे न्यायिक निरुपण नहुन्जेलसम्म आन्दोलन जारी राख्ने आयोजकको भनाइ छ । विकासको नाममा जारी प्रतिगमनविरुद्ध प्रतिरोधको ब्यानरमा भएको विरोध प्रदर्शनमा मापदण्ड ७-७ मिटर छुट्याई आफ्नो स्वबासी प्रमाणित जग्गामा घर बनाएर बसोबास गर्न पाउनु हाम्रो नैसर्गिक अधिकार होलगायत प्लेकार्ड तथा ब्यानरसमेत प्रदर्शन गरिएको थियो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
1 Comment
  1. […] याे पनि हेर्नुहाेस् : ‘सडक विस्तारका नाममा अन्यायपूर्ण तरि… […]

Leave A Reply

Your email address will not be published.