Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

करिम बेन्जेमाले म्याड्रीड डर्वीबाट खेलमा पुनरागमन गर्दै

0 422

१४ फागुन, एजेन्सी । रियल म्याड्रीडका स्टार फरवार्ड करिम बेन्जेमा म्याड्रिड डर्वीको खेलको लागि तयार हुने भएका छन् ।पछिल्लो समय उनी चोटका कारण खेलमा उपलब्ध हुन सकेका थिएनन् ।

म्याड्रिड डर्वी ७ मार्चमा एट्लेटिको म्याड्रिडको घरेलु मैदानमा वान्डा मेट्रोपोलिटानोमा हुनेछ ।

एट्लेटिकोविरुद्धको खेलअघि रियल सोसिडाडविरुद्धको खेलमा भने बेन्जेमा फिट हुनेमा शंका रहेको छ । रियल प्रशिक्षक जिनेदिन जिदानले पनि बेन्जेमाको विषयमा कुनै खतरा नमोल्ने बताएका छन् ।

Subscribe to our newsletter

उनी टोलीका लागि पहिलो रोजाईमा नै रहनेछन् । उनी यो सिजन रियलको शीर्ष गोलकर्ता हुन् । उनले यो सिजन १७ गोल गरिसकेका छन् । क्यासमिरोले ६ गोल गरेका छन् ।

बेन्जेमाको अनुपस्थितिमा रियलले मार्काे एसेन्सियो र भिनिसियस जुनियरलाई अग्रपङ्तिमा खेलाइरहेको छ । तर, यि दुई फरवार्डले पछिल्ला खेलमा गोल गर्न सकेका छन् । एसेन्सियोले पछिल्लो ३० खेलमा २ गोल गर्दा भिनिसियस जुनियरले अक्टोवर २१ देखि गोल गर्न सकेका छैनन् ।

मारियानो डियाजले कमै अवसर पाउँदा चोटका कारण इडेन हाजार्ड र रोड्रिगो गोएस चोटका कार~~ण बाहिर छन् ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.