Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

हामी संसद बैठक बोलाउछौं, अविश्वास प्रस्ताव राख्ने कसैको हिम्मत छ? : उपप्रधानमन्त्री पोखरेल

0 790

१४ फागुन, काठमाडौं । उपप्रधानमन्त्री इश्वर पोखरले भुस्याहा कुकुर झैँ कोही कराउदैमा प्रधानमन्त्री ओलीले पदबाट राजीनामा नदिने बताउनु भएको छ ।

उहाँले आफूहरु जुनसुकै परिस्थितीको सामना गर्ने तर प्रधानमन्त्रीले तत्कालै पदबाट राजीनामा नदिने स्पष्ट पार्नुभयो ।

काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो, ‘केपी ओली लोकतन्त्रमा बिश्वास राख्ने नेता हुन्, भुस्याहा कुकुर जसरी सडकबाट कोही कराउदैमा पदबाट राजीनामा दिनुहुन्न।’

Subscribe to our newsletter

त्यस्तैगरी उहाँले हिम्मत भए प्रधानमन्त्री ओलीबिरुद्ध अबिश्वास प्रस्ताव राखेर देखाउन प्रचण्ड-नेपाल समुहलाई चुनौति दिनुभएको छ ।

‘हिम्मत भए अविश्वासको प्रस्ताव लिएर आउनु, केपी ओली डटेर सामना गर्न तयार हुनुहुन्छ’ उहाँले भन्नुभयो, ‘हामी संसद बैठक बोलाउछौं, अविश्वास प्रस्ताव राख्ने कसैको हिम्मत छ?’

उहाँले अविश्वासको प्रस्तावमा जे परिणाम आएपनि स्वीकार गर्ने तर तत्कालै प्रधानमन्त्रीले राजीनामा नदिने दाबी गर्नुभयो ।

त्यस्तैगरी उपप्रधानमन्त्री पोखरेलले सर्वोच्च अदालतको निर्णयभन्दा ठूलो अदालत जनता भएको बताउनु भयो । नेकपा विभाजनपछि ओली नेतृत्वको पार्टी नयाँ पुस्ताको नेकपा बन्ने जिकीर उहाँको थियो ।

उहाँले भन्नुभयो, अब पार्टीमा सत्ता र पार्टी कब्जावाल हुने छैनन्, अब बन्ने पार्टी नयाँ पुस्ताको नेकपा बन्छ ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.