‘क्राइम पेट्रोल’ मार्फत सानोपर्दामा फर्किदै दीपकराज गिरी

0 422

१३ फाल्गुन, काठमाडौं । चर्चित कलाकार दीपकराज गिरी फेरि टेलिभिजनको पर्दामा देखिने भएका छन् । उनी ‘क्राइम पेट्रोल’ नाम कार्यक्रम मार्फत सानोपर्दामा देखिन लागेका हुन् ।

मंगलबार एक कार्यक्रमका बीच संचारकर्मी रवि लामिछानेले ल्याएको नयाँ टेलिभिजन च्यानल ‘ग्यालेक्सी फोरके’ मार्फत दीपक ‘क्राइम पेट्रोल’मा देखिन लागेका हुन् ।

भारतीय टिभी सोनीबाट लामो समयदेखि प्रसारण हुँदै आएको अपराध र त्यसको अनुसन्धानको विषयमा केन्द्रीत ‘क्राइम पेट्रोल’सँग आधिकारी अनुमतिमा नेपालमा पनि यो श्रृखंला निर्माण हुन लागेको हो । कलाकार गिरी यसको होष्टको रुपमा देखिन लागेका हुन् ।

‘क्राइम पेट्रोल’ होष्ट सहित ड्रामाको रुपमा निर्माण हुन लागेको हो । यसमा कथा अनुसार विभिन्न कलाकारको समेत अभिनय रहनेछ । ‘क्राइम पेट्रोल’मा अभिनय भन्दा पनि आफ्नो जिम्मेवारी होष्टको मात्र रहने कलाकार गिरीले बताए ।
‘केही फरक काम गरौँ भन्ने उद्देश्यले ‘क्राइम पेट्रोल’ होस्ट गर्न लागेको हो,’ गिरीले सुनाए ।

पछिल्लो समय सुपरहिट फिल्म ‘छ माया छपक्कै’ निर्माण गरेका गिरी नयाँ फिल्मको तयारीमा पछि छन् । कोरोना पछि फिल्मको माहोल अझै बन्न नसकेकाले फिल्म निर्माणमा उनले केही ढिलाइ गरेका हुन् ।

टेलिभिजन हुँदै ठुलो पर्दामा समेत राज गर्न सफल गिरीको अभिनय करियरमा रफ्तार ल्याउने काम भने उनकै निर्माण, निर्देशन र अभिनय रहेको सानो पर्दाको हास्यश्रृंखला ‘तितो सत्य’ले गरेको थियो ।

‘क्राइम पेट्रोल’ सम्पदा मल्ल र उनको टिमले निर्माण गर्न लागेको हो । सोनी टिभीमा प्रसारण भएको यो श्रृंखलाको केही भाग समेत लेखन गरेकी मल्लले गौरी मल्ल अभिनित नेपाल टेलिभिजनको चर्चित श्रृखंला ‘सिंहदरबार’ समेत लेखेकी थिइन् । ‘क्राइम पेट्रोल’को लेखनको अलवा मल्लले क्रिएटिभ प्रोडुसरको जिम्बेवारी समेत निर्वाह गर्नेछिन् ।

‘क्राइम पेट्रोल’ प्रसारणको बारेमा भने अहिले केही बताइएको छैन ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.