प्रधानमन्त्री ओली शीतलनिवासमा
१३ फाल्गुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति निवास शीतल निवास पुगेका छन्।
उनी केहीबेर अघि शीतलनिवास पुगेको स्रोतले जानकारी दिएको हाे । सर्वोच्चले संसद् पुनःस्थापना गर्ने फैसलापछि प्रधानमन्त्री ओली पहिलोपल्ट शीतलनिवास पुगेका हुन् ।
सर्वोच्चको फैसलाअनुसार सरकारको सिफारिसमा राष्ट्रपतिले फागुन २४ गतेभित्रै प्रतिनिधि सभाको बैठक बोलाइसक्नु पर्नेछ ।