आजबाट टिभिएस ग्रान्ड एक्सचेन्ज भृकुटीमण्डपमा, ८ लाखसम्मका बाइक उपलब्ध

0 243

१३ फाल्गुन, काठमाडाैं । काठमाण्डौंको भृकुटीमण्डपमा फागुन १३ गते बिहीबारदेखि टिभिएस ग्रान्ड एक्सचेन्ज मेला सुरु भएको छ ।

नेपालका लागि टिभिएस ब्राण्डको आधिकारीक बिक्रेता जगदम्बा मोटर्सले आजदेखि सुरु गरेको सो मेला पाँच दिन अर्थात फागुन १७ गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ । मेलामा १७ प्रकारका मोटर बाइक तथा दश प्रकारका स्कुटर रहेका छन् ।

उक्त मेलामा टिभिएस ब्राण्डका विभिन्न मोडलका मोटर साईकल तथा स्कुटर आकर्षक छुटका साथ खरीद तथा सट्टापट्टा गर्न सकिनेछ । यसरी पुराना बाइक तथा स्कुटर मात्र एक्सचेन्जका लागि ग्राहकले कर तिरेको हुनुपर्छ । उक्त मेलामा जस्तोसुकै कन्डिसनको मोटरसाइकल पनि एक्सचेन्ज गर्न सकिने कम्पनीले जनाएको छ ।

मेलामा टिभिएसको ब्रान्डका ११० सीसी देखि ३१० सीसीसम्मका बाइक र ११० सीसी देखि १२५ सीसीसम्म इन्जिन क्षमता भएका स्कुटर उपलब्ध छन् । मेलामा न्यूनतम १ लाख ८७ हजार रुपैयाँदेखि ८ लाख रुपैयाँसम्मको मोटरबाइक तथा १ लाख ७९ हजार रुपैयाँदेखि २ लाख ७८ हजार रुपैयाँसम्मको स्कुटर उपलब्ध छन् ।

मेलामा जुनसुकै ब्राण्ड तथा कम्पनीका पुराना मोटर साईकल तथा स्कुटरसँग टिभिएसको नयाँ बाइक तथा स्कुटर विशेष छुटमा खरीद गर्न सकिन्छ । टिभिएसको आउटलेट टेकुकी म्यानेजर सन्जीता महर्जनका अनुसार मेलामा जुनसुकै ब्राण्डका पुराना बाइक तथा स्कुटर एक्सचेञ्ज गर्दा बजारमूल्यभन्दा थप १५ हजार रुपैयाँ र नयाँ खरीदमा १२ हजार रुपैयाँसम्म छुट दिने व्यवस्था छ ।

मेला आयोजना गर्नुको उदेश्यमाथि प्रकाश पार्दै टेकु आउटलेटकी म्यानेजर महर्जन भन्छिन्ः- ‘कम्पनीको प्रोडक्ट बिक्री होस् र ग्राहकलाई पनि फाइदा होस् भन्ने उद्देश्यले मेला सञ्चालन गरिएको हो ।’ यस्ता एक्सचेञ्ज मेलामा ग्राहकहरुले एकै स्थानबाट कम्पनीको सबै भेराइटीहरुको मोटर बाइक तथा स्कुटर अवलोकन गर्न तथा तीनका विशेषताहरुको जानकारी पाउनुका साथै विशेष छुट पाइने हुनाले आकर्षण धेरै हुने गरेको उनको भनाई छ ।

कम्पनीले मेलामा बाइक किन्ने ग्राहकलाई फुल हेल्मेट र स्कुटर किन्दा हाफ हेल्मेट निशुल्क उपलब्ध गराएको छ ।

नेपालमा बिक्री हुँदै आएका अन्य २ पांग्रे सवारी साधनहरु मध्ये टिभीएस कम्पनीसँग सबैभन्दा धेरै मोडलका बाइक तथा स्कुटरहरु उपलब्ध रहेको कम्पनीले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.