Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

साताको अन्तिम दिन नेप्सेसँगै घट्यो कारोबार रकम

0 460
निफ्राको कारोबार भने ९० करोड नाघ्यो

१३ फाल्गुन, काठमाडाैं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक र कारोबार रकम दुबै घटेको छ।

अघिल्लो कारोबार दिन १३.०४ अंक बढेर २५९९.५६ विन्दुमा बन्द भएको नेप्से, यस दिन ४४.९४ अंक घटेर २५५४.१३ विन्दुमा बन्द भएको छ। नेप्सेसँगै यस दिन कारोबार रकममा पनि कमी आएको छ। अघिल्लो कारोबार दिन ६ अर्ब ७० करोड रुपैयाँको शेयर कारोबार भएको बजारमा यस दिन २०६ कम्पनीको ८३ हजार ४०७ पटकको कारोबारमा ६ अर्ब ९ करोड ८१ लाख ८८ हजार रुपैयाँ बराबरको १ करोड ५८ लाख ५६ हजार कित्ता शेयर खरिदबिक्री भएको थियो।

Subscribe to our newsletter

पछिल्लो समय दैनिक ८ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भइरहेको बजारमा हिजो प्राविधिक समस्याका कारण कारोबार रकम घटेको थियो। तर, यस दिन भने त्यस्तो कुनै समस्या नभएपनि कारोबार रकममा गिरावट आएको छ। लगानीकर्ताहरुले अपेक्षा गरे बमोजिम बजारले सकारात्मक दिशा लिन नसकेपछि कारोबार रकम केही घटेको एक विश्लेषक बताउँछन्।

यस दिन सेन्सेटिभ इण्डेक्स ८.५३ अंक घटेर ४६१.८१ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन फ्लोट इण्डेक्स ३.२४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.८९ अंक घटेको छ ।

संसद विघटनसँगै दुई महिनाभन्दा बढी समयदेखि अन्योलपूर्ण  राजनीतिक अवस्थामासमेत लगातार बढेको सेयर बजार सर्वोच्च अदालतले संसद विघटनको निर्णय बदर गरेसँगै थप उचाई लिने अपेक्षा विपरित बुधबार सामान्य बढेको नेप्से आज भने करिब २ प्रतिशतको करेक्सन देखिएको छ ।

 
बैंक तथा वित्तीय संस्थामा तरलता संकुचन हुँदै जाँदा सहज रुपमा पाइँदै आएको सेयर धितो कर्जामा भएको कडाई तथा ब्याज बढ्नसक्ने आँकलनले पनि बजारमा प्रभाव परेको देखिन्छ ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.