Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

कुमारी बैंकको क्युआर कोड (QR Code) सेवा विस्तार

0 1,287

१३ फागुन, काठमाडौं । कुमारी बैंकले ललितपुर, ग्वार्को स्थित तरकारी तथा फलफूल बजारका व्यवसायीहरूलाई सहज रूपले नै मोबाइल फोनबाट भुक्तानी प्राप्त गर्न सकिने सुविधा अर्थात् क्युआर सुविधा प्रधान गरी सहज भुक्तानीको विकल्प ल्याएको छ ।

कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीको उपस्थितिमा मुख्य अतिथि चिरिबाबु महर्जनबाट सो क्युआर कोडहरू हस्तान्तरण गरिएको थियो ।

यो एपबाट क्युआर कोड स्क्यान गरी सुरक्षित र सजिलो भुक्तानी गर्न सकिन्छ । यस्तो सेवाको प्रयोग गर्दा कुनै पनि थप शुल्क नलाग्ने हुनाले यो विकल्प नवीन र सहज रहेको बैंकले जनाएको छ । यसका साथै कुमारी बैंकको क्युआर कोड उपलब्ध भएका व्यवसायिक स्थान वा प्रतिष्ठानहरूको सङ्ख्या ७००० भन्दा बढी पुगेको छ ।

Subscribe to our newsletter

नगद वा कार्डको विकल्पमा आफ्नो मोबाइल फोनबाट भुक्तानी गर्न सकिने डिजिटल प्रविधिलाई प्रवर्धन गर्दै कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकहरूका लागि “कुमारी स्मार्ट” नामको मोबाइल एप्लिकेसन प्रस्तुत गरेको छ ।

कुमारी बैंकले आफ्ना देशव्यापी १९२ शाखा सञ्जाल, १६२ एटिएम, २२ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.