Advertisement

अख्तियारद्वारा सशस्त्र प्रहरी प्रमुख र नायब निरीक्षक पक्राउ

0 472

Advertisement

१३ फागुन, बुटवल । सशस्त्र प्रहरी बल वेश क्याम्प गैडहवा-३ तोण्डिहव रुपन्देहीका कार्यालय प्रमुख सशस्त्र प्रहरी निरीक्षक दधिराम पौडेल र सशस्त्र प्रहरी नायब निरीक्षक राजेश पासीलाई अख्तियारद्वारा पक्राउ गरेकाे छ।

सेवाग्राहीको काष्ठ फर्निचर उद्योग संचालनमा सहजीकरण गरिदिने भनी रकम माग गरिरहेको भन्‍ने सूचना आधारमा पक्रउ गरेकाे हाे। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले निजहरुलाई सेवाग्राहीसँग पचास हजार रुपैयाँ रकम लिइसकेको अवस्थामा उक्त रकमसहित पक्राउ गरेकाे हाे।

जिल्ला रुपन्देही गैडहवा गाउँपालिका वडा नं. ३ लोण्डिहवा स्थित एस.एन. सव इन्टरप्राइजेज प्रा.लि. अगाडीबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.