Advertisement

फाल्गुण १८ गते विराटनगरमा भरतमोहन स्‍मृति सभा गरिदै

0 932

Advertisement

१३ फागुन, काठमाडौं । स्वर्गिय भरतमोहन अधिकारी  स्‍मृति फाउण्डेसनको आयोजनामा फाल्गुण १८ गते भरतमोहन स्‍मृति सभा गरिने भएको छ ।

उक्त सभा फाउण्डेसनका संरक्षक समेत रहेका नेकपा अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री माधव कुमार नेपालको प्रमुख आतिथ्यतामा हुन लागेको हो । फाउण्डेसनकी संस्थापक लिमा अधिकारीका अनुसार कार्यक्रम विराटनगर पोखरिया स्थित बिष्णु माया पुस्तकालय प्रांगणमा हुनेछ । 

स्‍मृतिसभामा भरतमोहन अधिकारीको योगदान बारे छलफल, स्वर्गिय भरतमोहन अधिकारी  स्‍मृति फाउण्डेसनको प्रदेश नं  १ को घोषणा साथै अग्रज कम्युनिस्ट एवम् जेष्ठ नागरिक सम्मान गर्ने कार्यक्रम रहेको पनि संस्थापक अधिकारीले जानकारी दिएकी छिन ।  

स्वर्गिय भरतमोहन अधिकारी  स्‍मृति फाउण्डेसन पुर्व उप प्रधानमन्त्री स्व. भरतमोहन अधिकारीको स्‍मृतिमा स्थापित संस्था हो ।  स्वर्गिय नेता अधिकारीको धर्मपत्नी सबिता अधिकारी उक्त फाउण्डेसनको अध्यक्ष छिन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.