Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

तीन कारगारमा भिडन्त चर्किंदा ७५ को मृत्यु

0 552

१३ फागुन, क्विटो (एजेन्सी)। इक्वेडरका तीनवटा कारगारमा भएका करिब एकै समानका भिडन्तमा कम्तीमा ७५ जना कैदीको ज्यान गएको छ । वर्षाैंपछि इक्वेडरका कारागारमा भएको यो सबैभन्दा भयावह घटना भएको सुरक्षाकर्मीहरूले बुधबार बताएका छन् ।

सेनाले मंगलबारदेखि शुरू भएको हिंसात्मक भिडन्त नियन्त्रण तथा अन्त्यका लागि ति तीनैवटा कारागारमा थप दंगा प्रहरी परिचालन गरिएको जनाएको छ ।

विशेषज्ञहरूले गत डिसेम्बर महिनामा एकजना ग्याङ लिडरको हत्या भएपछि कारागारहरूमा कसले हैकम चलाउने भन्ने विषयमा यो भिडन्त शुरू भएको बताएका छन् । इक्वेडरको कारगार प्रणालीको प्रमुख एडमुन्डो मोनक्यायोले ती तीनवटा कारागारमा मुलुकका करिब सत्तरी प्रतिशत कैदी राखिएको बताएका छन्।

Subscribe to our newsletter

उनले मंगलबार साँझ शुरू भएको भिडन्तमा क्युएन्काको कारागारमा ३३, गुआक्विलमा २१ र लाटाक्युन्गामा २१ कैदी मारिएको बताएका छन् । सरकारी अधिकारीहरूले कारागार नखुलाइकन अन्य १३ जना कैदी पनि मारिएको पुष्टि गरेका थिए । यस घटनामा केही प्रहरी अधिकारी पनि घाइते भएको बुझिएको छ । राष्ट्रपति लेनिन मोरेनोले तीनवटा कारागारमा थप सुरक्षाकर्मी पठाइसकेको जानकारी दिएका छन् ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.