Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

भारतबाट सस्तोमा तरकारी र गाेलभेँडा आउँदा नेपाली उत्पादन बारीमै कुहिँदै

0 503

१३ फागुन, उर्लाबारी । भारतबाट सस्तो गाेलभेँडा भित्रिएपछि नेपाली तरकारी किसानको टमाटर बारीमै कुहिन थालेको छ । माघ दोस्रो सातासम्म प्रति केजी २० रुपियाँमा ब्यापारीले बारीबाट उठाउँदै गरेको गाेलभेँडा माघको तेस्रो सातादेखि प्रति केजी १० रुपियाँमा पनि बिक्री हुन छोडेको छ । गाेलभेँडा मात्र होइन ब्रोकाउली, बन्दा र आलुसमेत भारतबाट सस्तो मूल्यमा आउँदा किसानको छटपटी सुरु भएको छ ।

पूर्वी तथा उत्तरी मोरङका ब्यावसायिक तरकारी उत्पादक किसानहरू भन्छन् – मल,बीउ र प्रविधि होइन अब स्थानीय सरकारले बजारको ब्यवस्था गरिदिनुपर्छ । लेटाङ–८ जाँतेका गाेलभेँडा उत्पादक किसान टेकबहादुर निरौलाले भन्नुभयो– प्रतिकेजी १० रुपियाँमा पनि बिक्री हुन छोड्यो । चार कट्ठामा गाेलभेँडा खेती गरेर वार्षिक तीन लाख रुपियाँ आम्दानी गर्नुहुने निरौलाले फागुन लागे यता कोही ब्यापारी सोध्न समेत नआएको बताउनुभयो ।

उता उर्लाबारी–६ को पाठशाला कृषि सहकारी संस्थाले गरेको तरकारी खेतीबाट यो वर्ष सात लाख बढी घाटा हुने भएको छ । अध्यक्ष दुर्गाप्रसाद खतिवडाले भन्नुभयो – एक हजार बोट रोपेको गाेलभेँडाबाट सामान्यतया ७० हजार किलो उत्पादन हुन्छ । अहिलेसम्म एक लाख रुपियाँको पनि बिक्री गर्न सकेका छैनौँ । माघ दोस्रो साताबाट उत्पादन सुरु भयो । त्यही बेलादेखि भारतबाट ६ रुपियाँ किलोको गाेलभेँडा भित्रियो । अहिले प्रति केजी १० रुपियाँमा बिक्री गर्न खोज्दा पनि बिक्री भएको छैन् ।

Subscribe to our newsletter

भारतबाट आउने गाेलभेँडा नेपाली बजारमा ल्याई पु-याउँदा ६ रुपियाँ केजीमा आइपुग्ने गरेको बील विजक नै ब्यापारीले देखाएपछि हातगोडा गलेको अध्यक्ष खतिवडाको भनाइ छ । उहाँले भन्नुभयो– निजी जग्गामा गरेको हो भने प्रति केजी १२ देखि १५ रुपियाँ पर्छ । अझ भाडाको जग्गामा उत्पादन भएको हो भने २५ रुपियाँ पर्छ । उहाँले सुरुको एक हप्ता मात्र प्रति केजी ३५ रुपियाँका दरले गाेलभेँडा बिक्री भएको बताउनुभयो । उर्लाबारी ६ स्थित पाठशाला कृषि सहकारीको तरकारी बारी यतिबेला गाेलभेँडा पाकेर रातै छ । तर, ब्यापार छैन । उहाँले गाेलभेँडा सडकमा किन फाल्छन् भन्ने प्रश्नको जवाफ भेटेको बताउनुभयो ।

आइतबारदेखि मङ्गलबारसम्मका हाटबजारमा प्रति केजी २५ रुपियाँमा गाेलभेँडा बिक्री भइरहेको तरकारी ब्यापारी गजेन्द्र अधिकारीले बताउनुभयो ।नेपाली उत्पादन महँगो पर्ने भएकोले बढी नाफा कमाउन भारतीय उत्पादन बेच्ने गरेको ब्यापारीकोे भनाइ छ ।

गाेलभेँडा विराटनगर र काकरभिट्टा नाकाबाट भन्दा झापा र मोरङ जिल्लासँग जोडिएका भारतीय गाउँबाट आउने गरेको किसानहरू बताउँछन् । गतवर्षको यही समयमा पथरीशनिश्चरे ६ का तरकारी किसान बालकृष्ण राजवंशीले आलु र काउली ५० रुपियाँ प्रति किलोमा बिक्री गर्नुभएको थियो । यस्तै ब्रोकाउली ६० रुपियाँ, गाेलभेँडा ५०,मुला २०,इस्कुस ३० रुपियाँमा बिक्री गर्नुभयो तर,आफ्नो उत्पादन आफैं बिक्री गर्ने किसानहरू पनि सन्तुष्ट छैनन् । आफैं उत्पादन गरेर आफैं बिक्री गर्ने अर्का ब्यापारी इन्द्रजित मण्डलले भन्नुभयो– यताबाट दूध लिएर भारत जाने उताबाट त्यही क्यानमा तरकारी बोकेर आउने र बिक्री गर्ने गर्छन् । भारतमा सबै कुरा सस्तो छ, हामी प्रतिस्पर्धा नै गर्न सक्दैनौं मण्डलले गुनासो गर्नुभयो ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.