Advertisement

लोकतन्त्र सुदृढ बनाउन कांग्रेस सधैँ लाग्छः सभापति देउवा

0 912

Advertisement

१३ फाल्गुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्र सुदृढ बनाउन कांग्रेस लाग्ने बताएका छन् । अझै पनि राजनीति अन्योलमै, सभापति देउवाले संसद् पुनःस्थापित भएर संविधान ट्रयाकमा आए पनि राजनीति भने अझै अन्योलमै रहेको बताए ।

कांग्रेसका पूर्वमहामन्त्री महेन्द्रनारायण निधिको ९९औँ जन्मजयन्तीका अवसरमा महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले आज आयोजित ‘अहिंसा र शान्तिः आजको सन्दर्भ’ विषयक विचार गोष्ठीमा उनले लोकतन्त्रलाई सुदृढ बनाउने बाटो अदालतले खोलिदिएको बताएका हुन् । “संसद् पुनःस्थापना गर्ने अदालतको आदेशले न्याय र प्रजातन्त्रको जीत भएको छ”, सभापति देउवाले भने ।

“नेकपा फुटोस् भन्ने हाम्रो चाहना होइन । एउटा लोकतन्त्रिक पार्टीले अर्को पार्टी फुटोस् भनेर हामी चाहँदैनौ र कसैले पनि त्यस्तो चाहना राख्नु हुँदैन,” देउवाले प्रश्न गरे, “उहाँहरु दुई समुहमा विभाजित हुनुहुन्छ तर, कानुनी रुपमा एउटै पार्टी छ । कसरी उहाँहरुसँग सत्ता साझेदारीका विषयमा सहमति गर्ने ?”

उनले निर्वाचन आयोगले अडकाएर राखिदिँदा संसद पुनःस्थापित भएपछि पनि राजनीति प्रष्टसँग अघि बढ्ने अवस्था हुन नसकेको बताए ।

“नेकपाका दुई समुहले आधिकारिकता दाबी गरिरहेका छन् । यसको टुंगो लगाउने जिम्मा निर्वाचन आयोगको हो,” देउवाले प्रश्न गरे, “निर्वाचन आयोगले नभनी केपी ओलीसँग वा प्रचण्ड–नृेपालसँग कसरी सत्ता साझेदारीका विषयमा समझदारी गर्ने ?”

पूर्वप्रधानमन्त्री देउवाले अदालतप्रति विचाराधीन मुद्दामा कांग्रेसले यो गर वा ऊ गर भनेर भन्न नमिल्ने भएकाले कांग्रेस चुप लागेर बसेको स्पष्ट पारे । कांग्रेस संसदीय व्यवस्था र प्रजातन्त्रका लागि लडेको पार्टी भएकाले संसद् पुनःस्थापनाले कांग्रेस खुशी रहेको उनको भनाइ छ ।

सभापति देउवाले पार्टीको १४औँ महाधिवेशन भदौमा सम्पन्न हुने उल्लेख गरे ।

कांग्रेस उपसभापति विमलेन्द्र निधिले पुनःस्थापित संसद्मा कांग्रेसले जिम्मेवारपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

कांग्रेस केन्द्रीय सदस्य एवं सहकारी विभाग प्रमुख आनन्दप्रसाद ढुङ्गानाले सादा जीवन उच्च विचारका व्यक्ति निधि भएको भन्दै निधिको आदर्श र सिद्धान्तबाट कांग्रेसले पाठ सिक्नुपर्ने बताए ।

अहिंसाबाट गरेको आन्दोलन सफल हुने धारणा राख्ने निधि गान्धीवादी नेता भएको उनको भनाइ थियो । प्रतिष्ठानका अध्यक्ष पुरुषोत्तम दाहालले कांग्रेसले अहिले सत्ताको लोभ गर्न नहुने धारणा राखे ।

सो अवसरमा पूर्वमन्त्री तीर्थराम डङ्गोल, कांग्रेस आमन्त्रित केन्द्रीय सदस्य रमा पौडेल, प्रा डा आनन्दप्रसाद आचार्यलगायतले मुलुकको विकासका लागि शान्ति र अहिंसाको बाटो उपयुक्त हुने बताए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.