Advertisement

‘डिजिटल नेपालको यात्रा शुरु’ – प्रधानमन्त्री ओली

0 396

Advertisement

१३ फाल्गुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले आज माटोको डिजिटल नक्साको औपचारिक उद्घाटन गरेका छन् । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रले अमेरिकी सहयोग नियोग (युएसए आइडी) को आर्थिक सहयोगमा उक्त नक्सा तयार गरेको हो ।

अन्तराष्ट्रिय मकै तथा गहुँ बाली सुधार केन्द्र (समिट) द्वारा सञ्चालित नेपाल बीउ तथा मल परियोजना (एनसाफ) ले नेपालका विभिन्न गाउँ विशेषको माटोको अवस्था झल्कने डिजिटल नक्सा तयार पारेको मन्त्तत्रालले जनाएको छ ।

यो नक्साबाट भौगोलिक स्थान विशेषको माटोका प्रकार थाहा पाउन सकिने मन्त्रालयले जनाएको छ । यसबाट माटोमा रहेको अम्लीयपना, प्राङ्गारिक पदार्थको मात्रा, नाइट्रोजन, फस्फोरस तथा पोटासको मात्रा, सुक्ष्म पोषक तत्व, जिङ्क तथा बोरोनाको मात्रा थाहा पाउन मद्दत गर्ने मन्त्रालयको दावी छ ।

यसको सहयोगबाट आफूले चाहेको प्रदेश, जिल्ला र पालिका छनौट गरी त्यहाँको माटोको अवस्था थाहा पाउन सकिन्छ । यसको विशेषता नै आफ्नो रुची र आवशयकताको आधारमा एक क्लिकमा कुनै क्षेत्रको माटोमा रहेको गुणको बारेमा जानकारी पाउनु हो ।

यो नक्साबाट नीति निर्माता, अनुसन्धानकर्ता, कृषि प्रसार कर्ता, प्राज्ञिक वर्ग, विकास साझेदारहरु, नीजि क्षेत्र र किसान लगायतले फाइदा लिन सक्छन् । डिजिटल नक्सामार्फत कृषकको खेतबारीसम्म पुग्नका लागि माटोको नियमित परीक्षण तथा विश्लेषण गर्ने र ती नतिजाहरुलाई प्रमाणीकरण एवम् मान्यता दिइने काम हुन्छ ।

यो निक्सा सबै प्रदेशको प्रतिनिधित्व हुनेगरी ५६ वटा जिल्लाबाट कुल २३ हजार २७३ वटा माटोका नमुनाहरूको परीक्षण गरी तिनको नतिजाको विश्लेषणको आधारमा तयार गरिएको छ ।

डिजिटल नक्साको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देश ‘डिजिटल नेपाल’ को यात्रामा अघि बढिसकेको बताए । अब देशका जुनसुकै कुनाको माटोको बारेमा जानकारी पाउनका लागि एक क्लिक गरे पुग्ने गरी प्रविधि तयार भएको र यो सार्क मुलुकमै पहिलो भएको उनले दावी गरे ।

अब किसानले माटो पोको पारेर ल्याबहरुमा धाउने दिन समाप्त भएको बताउँदै उनले अब आफ्नै खेतबारीमा मोबाइल तथा कम्प्युटरबाट माटोको जानकारी लिन सकिने बताए । उनले आफू जति दिन सरकारको नेतृत्वमा रहिन्छ, त्यति दिन राम्रो काम गर्ने प्रतिबद्धता जनाए ।

उनले सर्वोच्च अदालतको निर्णय समान्य भएको र त्यसबाट आफूहरुलाई कुनै चिन्ता नभएको बताउँदै जति दिन सरकारमा रहिन्छ देश विकासका लागि काम गर्ने बताए । यद्यपि उनले अहिलेको सरकार केही वर्ष रहिरहने दावी गरे ।

प्रधानमन्त्री ओलीले भने, ‘अहिलेसम्मको मेरो कुराबाट केही फरक पाउनु भो र ?’ प्रधानमन्त्रीले स्वार्थबाट लपेटिएका मानिसहरुमा यस्ता कुराले धेरै फरक पारे पनि आफुलाई फरक नपरेको बताए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.