बजाज पल्सर १८० भारतमा सार्वजनिक

0 430

१२ फागुन, काठमाडौं । बजाजले पल्सर १८० को २०२१ भर्सन भारतीय बजारमा सार्वजनिक गरेको छ । केही दिन अघि मात्र यो मोटरसाइकल भारतीय डिलर नेटवर्कमा देखिएको थियो ।

यसअघि २०१८ मा यो मोटरसाइकलो विक्री बन्द गरेको थियो । सुरुमा नेपालमा पनि विक्री हुने पल्सर १८० पछि बन्द भएको मोडल हो ।

बजाज मोटरसाइकलले आफ्नो पल्सर सिरिजलाई थप मजबुद बनाउन पल्सर १८० ल्याएको जनाएको छ । विशेषत टीभीएस अपाचे सिरिज, हिरो एक्स्ट्रीम १६० आर र होन्डा हर्नेट २.० जस्ता मोडलसँग प्रतिस्पर्धामा खरो उत्रन कम्पनीले पल्सर १८० ल्याएको हो।

दुबै चक्कामा डिस्क ब्रेक, सिगंल च्यानल एबीएस, हेलोजिन हेडल्याम्पको साथ ट्वीन पाइलट लाइट, विकिनी फियरिङ, मस्कुलर फ्यूल ट्याङक, सार्प टेल लाइट सेक्सन जस्ता विशेषता पल्सर १८० मा रहेको छ ।

पल्सर १८० मा दुबै १७ इन्चको अलोय ह्वील प्रयोग हुने छ । पल्सर १५० को जस्तै सेमि डिजिटल इन्ट्रुमेन्ट कन्सोल रहने छ भने अगाडि कन्भेन्सनल टेलिस्कोपिक फर्क र पछाडि ट्वीन ग्यास चार्जर शक एब्जर्बर रहको छ ।

बजाजले यसमा १७८.६ सीसी क्षमताको सिंगल सिलिण्डर, एयर कुल्ड इन्जिन प्रदान गर्नेछ । उक्त इन्जिनले अधिकतम १७.०२ पीएस पावर र १४.५२ एनएम टर्क प्रदान गर्ने छ । यसमा ५ स्पीडको गियर बक्स जडान गरिएको छ ।

कम्पनीले यसको मूल्य देल्लीमा एक्स सोरुम प्राइस १ लाख ७ हजार ९०४ भारतीय रुपैयाँ तोकेको छ । यस अघि पल्सर १८० एफको मूल्य १ लाख १४ हजार ००३ रुपैयाँ रहेको थियो ।
बजाज पल्सर १८० हाल एक कलर अप्सनमा मात्र रहेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.